८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थतन्त्र जटिल समस्यामा छैन : थपलिया

अ+ अ-

सिन्धुली । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले नेपालको अर्थतन्त्र जटिल अवस्थामा नरहेको स्पष्ट पारेका छन् ।

सिन्धुलीमा आज पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्र जटिल समस्या नभए पनि सुधारका लागि निर्यात बढाउनुपर्नेमा जोड दिए । निर्यातको तुलनामा आयात अत्यधिक बढी हुँदा अर्थतन्त्र जोगाइराख्न नसकिने उनको भनाइ छ ।

‘अर्थतन्त्रमा देखिएको अन्तर्राष्ट्रिय असर नेपालमा पनि परेको छ, हामीले उत्पादन वृद्धि गर्दै अनावश्यक खर्च कटौती गर्न सकिएन अवस्था जटिल हुनेछ’, उनले भने ।

उत्पादन वृद्धि नगरेसम्म मुलुकको अर्थतन्त्रले गति लिन नसक्ने बताउँदै स्वाधीन राष्ट्रियताको सवालमा अघि बढ्न उत्पादन वृद्धि गर्न आवश्यक रहेकोमा जोड दिए । उनले मुलुकको कृषि उत्पादन वृद्धिपछि उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्न आवश्यक रहेकोमा जोड दिए । उनले कृषि क्षेत्रमा अनुदान बढाइ उत्पादन वृद्धिमा जोड दिनुपर्ने भनाइ राखे ।

बागमती प्रदेशले फजुल खर्च रोक्न चालु पुँजीमा २० प्रतिशत खर्च कटौती गरेको उनले जानकारी दिए । उनले प्रदेश सरकार यति बेला पुँजीगत खर्च बढाउन लागेको बताए । ‘वर्तमान सरकार गठन हुँदा १० प्रतिशत भएको पुँजीगत खर्च अहिले २५ प्रतिशतसम्म पुगेको छ’, उनले भने, ‘पुँजीगत खर्च वृद्धि गर्ने, विकासलाई व्यवस्थित गर्ने समृद्ध विकास कसरी गर्न सकिन्छ भनेर ध्यान दिइरहेको छु ।’

उनले आगामी आर्थिक वर्षमा बजेट वृद्धि गर्नेतर्फ सङ्केत गर्दै चालु आवको ७२ अर्बबाट ८० अर्ब बजेट पुर्‍याउनुपर्ने बताए । प्रदेशका १३ वटै जिल्लाको सन्तुलित विकासमा ध्यान दिएर बजेट ल्याउने उनको भनाइ छ ।

उनले आगामी आवको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारमा जोड दिइने बताए ।

प्रतिक्रिया दिनुहोस