काठमाडौँ । त्रिभुवन विश्व विद्यालय नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा विष्णुबहादुर वडैला मनोनीत भएका छन्।
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले वडैलालाई नेविसंघ त्रिवि समितिको अध्यक्षमा मनोनीत गरेका हुन्।
नेविसंघ त्रिवि समितिको अध्यक्ष पद रिक्त रहेकाले सङ्गठनको विधान २०२७ को सातौँ संशोधन २०७५ बमोजिम तीन महिना भित्र समितिको त्रिवि अधिवेशन सम्पन्न गर्ने गरी वडैलालाई जिम्मेवारी दिइएको उनले बताए।
