९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाफा घाटा नहेरी संक्रमणकालीन न्यायको विषय टुङ्ग्याउनु पर्छ : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले दलहरूले तत्कालको नाफा घाटा नहेरी शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषय टुङ्ग्याउनुपर्ने बताएका छन् ।

मङ्गलवार काँग्रेस नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आयोजित कार्यक्रममा उनले अब समयको सुविधा नभएकाले शान्ति प्रक्रियालाई यो वा त्यो नाममा लम्ब्याउने छुट नभएको बताएका हुन् ।

उनले भने, ‘दलीय सङ्कीर्णता र तत्कालको नाफा घाटा भन्दा बाहिर निस्केर यो विषयलाई सम्बोधनको प्रयास गर्नुपर्छ, हामीसँग समयको सुविधा छैन । यो या त्यो नाममा लम्ब्यायौँ भने अझै यो जटिल बन्दै जान्छ र भविष्यमा अझै अप्ठेरो सिर्जना गर्छ र अन्यायपूर्ण पनि हुन्छ ।’

संक्रणकालीन न्यायको विषय टुङ्ग्याउन ढिलो भइसकेको भन्दै थापाले नेकपा एमालेलाई पनि सहकार्यमा आउन आग्रह गरे । उनले भने, ‘हामी सबै मिलेर एक ठाउँमा बसेर काम गर्नुपर्नेछ । यो पक्ष त्यो पक्ष नभनी, काँग्रेस, एमाले, माओवादी सबै हामी एक ठाउँमा आएर टुङ्ग्याउनुपर्नेछ ।’

थापाले संक्रमणकालीन न्यायको विषय सम्बोधन गर्दा पीडितको भावना अनिवार्य बुझ्नुपर्ने र अन्तर्राष्ट्रिय कानुन र मान्यता विपरीत भएको वा नभएको पनि ख्याल गर्नुपर्ने बताए । ‘द्वन्द्वबाट पीडित भएकाहरूको भावना सम्बोधन गर्न सकेनौँ, टुङ्ग्याउनुपर्ने नाममा उनीहरूले बोक्नैपर्छ भारी भन्न लाग्यौँ भने, उनीहरूले स्वीकार गरेनन् मानेनन् भने पनि हामी अप्ठ्यारोमा पर्छौँ’ उनले भने ।

संक्रमणकालीन न्यायको विषय नेपालको आन्तरिक मामिला भए पनि यसमा अन्तर्राष्ट्रिय कानुन जोडिने भन्दै ती कानुनको कसीमा ठिक भए कि भएनन् भनेर पनि ख्याल गर्नुपर्ने बताए ।

‘हामीले चाहे पनि नचाहे पनि यो विषय हाम्रो विषयहरू मात्र होइन, यसमा कतिपय अन्तर्राष्ट्रिय कानुन जोडिएको छ । यसलाई टुङ्ग्याउँदै गर्दा हामीलाई ठिक लागेर मात्र हुँदैन’ महामन्त्री थापाले भने, ‘संसारमा जुन मान्यतामा विश्वास गर्छौँ, त्यसको कसीमा ठिक देखिन्छन् कि देखिँदैन भन्ने कुरा पनि हामीले ध्यान दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस