काठमाडौँ । डेढ दर्जन उपसचिवको सरुवा तयारी गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गर्न लागेको हो ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि लागू भएको आचारसंहिता समाप्त भएसँगै कर्मचारी सरुवा गर्ने क्रममा उपसचिवको फाइल उठेको मन्त्रालय स्रोतले जनाएको छ । सरुवा गरिन लागेका उपसचिवहरूमा अधिकांश प्रमुख प्रशासकीय अधिकृत रहेको जनाइएको छ ।
पछिल्लो समय सरुवामा चलखेल हुने गरेको भन्दै कर्मचारी वृत्तमा कटु आलोचना हुँदै आएको छ । वैज्ञानिक र वस्तुपरक भन्दा पनि इन्टेष्ट्रमा हुने सरुवाले थप समस्या र विकृति भित्र्याउन सक्ने भन्दै त्यस्ता सरुवालाई निरुत्साहन गर्नुपर्ने बताउँदै आएका छन् ।