८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देवचुलीमा छाडा चौपायाको व्यवस्थापन

अ+ अ-

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको देवचुली नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन थालेको छ । छाडा चौपायाले बाली नष्ट गरेका कारण किसान हैरान बनेपछि नगरपालिकाले व्यवस्थापन कार्य अघि बढाएको हो ।

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले छाडा चौपायाले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि व्यवस्थापनको पहल गरिएको बताए । देवचुली–१० लोकाहा नदी किनारमा छाडा चौपायाको व्यवस्थापन गर्न लागिएको छ । सो क्षेत्रमा तारबार गरी छाडा चौपायालाई राखिएको छ । नगरका विभिन्न क्षेत्रमा रहेका छाडा चौपाया नगर तथा स्थानीयको पहलमा जम्मा गरी लोकाहामा राख्न थालिएको न्यौपानेले बताए ।

नगरका विभिन्न क्षेत्रबाट करिब एक सय गाई एकत्रित गरिएको देवचुली–१० का वडाध्यक्ष रेप्तीकुमार घर्तीले बताए । केही गाई नगरपालिकालाई राजस्व तिरेर चितवनस्थित एक फार्मले लगेको छ । अहिले करिब ४० गाई व्यवस्थापन केन्द्रमा छन् । नगरपालिकाले गाईको आहाराका लागि पराल खरिद गर्ने गरेको छ ।

छाडा चौपाया रेखदेख गर्न हेरालुको व्यवस्था गरिएको वडाध्यक्ष घर्तीले बताउनुभयो । आहाराको व्यवस्थापन गर्न समस्या भएको उनको भनाइ छ । नगरभित्रका गाईबाहेक अन्य ल्याउन नपाइने रेखदेखमा खटिएका नारायण श्रेष्ठले बताए । स्थानीयले गाई यहाँ ल्याएर राख्न खोज्दा व्यवस्थापन गर्न गाह्रो भएको छ । ‘गाई राख्छ भनेर थाहा पाएपछि कतिपयले घरमा पालेको समेत ल्याएर छाड्ने गरेका छन्’, उनले भने ।

प्रतिक्रिया दिनुहोस