१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकै ठाउँबाट सेवा दिन काठमाडौँ प्लाजा सर्दै महानगर

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका काठमाडौँ प्लाजामा सर्ने भएको छ । सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाडौँ प्लाजामा सर्न लागेको हो ।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौँ प्लाजामा सर्नका लागि महानगर र ट्रष्टबीच बुधबार सहमति भएको छ । सहमति पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले हस्ताक्षर गरे ।

महानगरले मिसिल शाखा, सहकारी विभाग, जिल्ला समन्वय समितिमा रहेका विभाग काठमाडौँ प्लाजामा सार्ने तयारी गरेको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । महानगरअन्तर्गतका १६ वटा विभागले अहिले फरक–फरक स्थानबाट सेवा प्रदान गर्दै आएको छ ।

सम्झौताबमोजिम झ्याल, ढोका र लिफ्टसहित बिग्रिएका र भत्किएका संरचना बहाल रकमबाट कटाउने गरी महानगरले मर्मत गर्नेछ । प्रत्येक पाँच वर्षमा १० प्रतिशतले बहाल वृद्धि गर्ने गरी १० वर्षका लागि सम्झौता भएको छ ।

पाँच रोपनी दुई पैसा क्षेत्रफलमा निर्माण भएको उक्त सात तले भवनको तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र दुई सय दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गर्न मिल्छ । सूचना अधिकारी आचार्यका अनुसार २०७२ सालको भूकम्पअघि महानगरको सेवा बागदरबारबाट प्रवाह भइरहेको थियो । भूकम्पका कारण भवन जीर्ण भएपछि केही समयका लागि राष्ट्रियसभा गृहबाट सेवा सञ्चालन गरिएको थियो । हाल सुन्धारामा रहेको जेडिए कम्प्लेक्सबाट सेवा सञ्चालन भइरहेको छ ।

कम्प्लेक्समा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, वित्त, प्रशासन, कानुन तथा मानव अधिकार, आन्तरिक लेखापरीक्षण इकाई, खरिद इकाई छन् । साविक बागदरबारमा महानगर प्रहरी बल, इजलास, कानुनसम्बन्धी सेवा, ट्राफिक व्यवस्थापन विज्ञको कार्यकक्ष, योजना अनुगमन तथा मूल्याङ्कन इकाई छन् । टेकुमा उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना, वातावरण व्यवस्थापन विभाग र जग्गा एकीकरण आयोजनाका कार्यालय र मिसिल शाखा छन् । कृषि तथा पशुपक्षी विभाग र शिक्षा विभाग ताहाचलमा छ ।

राजस्व, सार्वजनिक निर्माण र सहरी व्यवस्थापन विभाग बबरमहलमा छन् । सहकारी विभाग बिजुली बजारमा छ । सहरी योजना आयोगको कार्यालय थापाथलीमा छ । जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा स्वास्थ्य, सम्पदा तथा पर्यटन, विपद् व्यवस्थापन, सामाजिक विकास विभाग, सार्वजनिक निजी साझेदारी इकाईलगायत कार्यालय छन् ।

हनुमान ढोका दरबार संरक्षण कार्यालय वसन्तपुरमा छ । राष्ट्रियसभा गृह परिसरमा सूचना प्रविधि विभाग र जिन्सी शाखालगायत संरचना छन् ।

प्रतिक्रिया दिनुहोस