१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गरिखान सक्ने वातावरण सिर्जना गर्न सरकारसमक्ष व्यवसायीको माग

अ+ अ-

सुरुङ्गा (झापा) । कोशी प्रदेशका व्यवसायीले सरकारसमक्ष आफूलाई गरिखान सक्ने वातावरण सिर्जना गर्न माग गरेका छन् ।

झापाको बिर्तामोडमा आजदेखि सुरु भएको नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको पाँचौँ प्रदेशसभामा सहभागी व्यवसायीले राज्यलाई खर्बौँ कर तिर्ने व्यवसायी अहिले सडकमा आउँदा राज्य मौन बसेको दुःखेसो पोखे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष चण्डीराज ढकालले राज्यले अब पनि व्यवसायीलाई नहेर्ने हो भने सडकमा उत्रनुको विकल्प नरहेको बताए । उनले भने, ‘कोरोना कहरका कारण सुस्ताएको व्यवसाय अहिले आर्थिक मन्दीका कारण झन् धरासायी बनेको छ । यस्तो अवस्थामा राज्य आफैँ अभिभावक बनेर व्यवसायीको हितमा लाग्नुपर्नेमा व्यवसायी राज्यविहीनताको अवस्थामा पुग्नु आफैँमा दुःखद पक्ष हो ।’

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश अध्यक्ष टीकाराज ढकालले आठ प्रतिशतमा लिएको कर्जाको ब्याज बढेर १६ प्रतिशतसम्म पुग्दा पनि सरकार मौन बस्नु आफैँमा गैरजिम्मेवारीपन भएको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उमेश डालमियाले बैंक तथा वित्तीय क्षेत्रले ब्याजदर बढाएर व्यवसायीको ढाड सेक्ने काम गरेको बताए । उनलेभने, ‘व्यापार व्यवसाय घटेर ४० प्रतिशतमा आएको छ तर ब्याजदर भने दिनानुदिन बढिरहेको छ, यो भन्दा ठुलो विडम्बना व्यवसायीका लागि के हुन सक्छ ?’

नयाँ नेतृत्व चयनका लागि भएको उद्घाटन सत्रमा बोल्ने अधिकांश सहभागीले आर्थिक मन्दीले व्यवसायमा ठुलो असर परेको र नयाँ नेतृत्वले व्यवसायीका समस्या निराकरणका लागि पहल गर्नुपर्ने बताए ।

नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय सन्तोषी राई, बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठ, कोशी प्रदेश सदस्य कुमार भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस