७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस मागेको आरोपमा पर्साका सहायक वन अधिकृत यादव निलम्बित

अ+ अ-

काठमाडौँ । डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन् ।

सेवाग्राहीबाट घुस लिइरहेको भिडियो प्रमाण फेला परेपछि उद्योग पर्यटन तथा वन मन्त्रालयले अधिकृत यादवलाई अनुसन्धानका लागि भन्दै निलम्बन गरेको हो।

वन मुद्दामा हिरासतमा रहेका अभियुक्तका आफन्तसित घुस लिइरहेको भिडियो प्रमाणको रूपमा फेला परेको वन मन्त्रालयका एक अधिकृतले बताए । उनलाई ६० दिनका लागि निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।

सहायक अधिकृत (सातौँ तह)यादवले प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ८७ (२) बमोजिमको कसुर गरेको भन्दै सो विषयको छानबिन तथा जाँचबुझ कार्यमा झुटा सबुत–प्रमाण सङ्कलन गर्न सक्ने वा आफूविरूद्धका सबुत–प्रमाण गायब गर्न सक्ने सम्भावना रहेकाले उनलाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ।

बाराको परवानीपुर गाउँपालिका वडा नम्बर १ स्थित मुसहरी बस्ने जयनारायण साहविरुद्ध अवैध रूपमा वन पैदावार ओसारपसार मुद्दामा गत फागनु १६ गतेदेखि अधिकृत यादवले अनुसन्धान गरिरहेका थिए। गत चैत ६ गने अभियुक्त साह पक्राउ परे।

जयनारायणले आफ्नो ट्र्याक्टर अरूलाई भाडामा दिएका थिए। भाडामा लिने व्यक्तिले उनको गाडीबाट काठ तस्करी गरेका थिए । अनुसन्धानको क्रममा सवारी साधन वनले नियन्त्रणमा लिएकोमा उनीसँग मुद्दा मिलाइदिने, पैसा नदिए जेल पठाइदिने भनेर धाकधम्की दिँदै अधिकृत यादवले झन्डै ४ लाख रुपैयाँ लिइसकेको थिए ।

थप घुस मागेपछि पीडितले नै विभिन्न निकायमा उजुरी दिएका थिए । घुस लेनदेन गरेको भिडियो नै भेटिए पनि उनी निलम्बनमा परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यसमा छानबिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस