९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँभरि उखु सडकमा व्यापार

अ+ अ-

धनकुटा । धनकुटाको तमोर नदीस्थित मूलघाटमा रहेको सशस्त्र प्रहरीको ‘चेकपोस्ट’मा कुनै सवारी नम्बर दर्ता (इन्टिङ) गर्न रोकिने बित्तिकै तँछाडमछाड गर्दै स्थानीय व्यापारी ‘उखु खाम उखु’ भन्दै गाडीका झ्यालमा पुग्छन् ।

घरीघरी सडकको दुवैतर्फबाट गाडी आएर रोकिँदा उखु बेच्नेको भाग दौड र भीड हेर्न जति रमाइलो लाग्छ सायद यात्रुलाई पनि त्यति नै उखु खाउँखाउँ लाग्दो हुन्छ होला । त्यसैले त कोसी राजमार्गको धरान–धनकुटा सडक खण्डको यो साँगुरी गाउँपालिकाको वडा नं १ र धनकुटा नगरपालिका वडा नं ९ मा रहेको मूलघाटमा वर्षभरि उखु बेच्नेको भीड लागिरहन्छ ।

राजमार्गमा यातायातमा आउने यात्रुलाई उनीहरूले उखुको टुक्रा बनाएर प्रतिमुठा ५० देखि एक सयसम्म बेच्ने गरेका छन् । यहाँ सडकमा उखु बेच्नको जति भीड लाग्छ त्यति नै धेरै यही गाउँपालिकाको वडा नं ७ स्थित साबिक महाभारत गाविसको लेउतीटार गाउँभरि उखु खेती पनि हुने गर्दछ । यहाँ उत्पादित उखु यात्रुलाई बेचेर यहाँका ६० भन्दा बढी घरपरिवार स्वरोजगार बनेका छन् ।

लेउती खोलाको किनारमा रहेको यी गाउँका मानिस खोलामा बालुवा चाल्ने, सिजनअनुसार राजमार्गमा आँप, सजिवन (मोरिङ्गा), सरिफा र तमोर नदीको माछा बेच्ने गर्दछन् । तर उनीहरूको मुख्य जीवनयापन गर्ने मुख्य आधार भने उखु खेती नै रहेको र यस गाउँमा वर्षौँदेखि किसानले खेती गर्दै आएको स्थानीय ६५ वर्षीय माघिश्वर लिम्बू बताउँछन् ।

यहाँ उत्पादन भएको उखु राजमार्गमा लगेर स्थानीयले लामो समयदेखि बेच्दै आएकाले यहाँ स्थित राजमार्गको एउटा स्थानलाई ‘उखु डाँडा’को नामलेसमेत चिनिन्छ । पहिला यहाँ ज्ञमरा जातको रातो उखु पाइए पनि रोगको प्रकोपले नष्ट भएपछि हाल त्यस्तै देखिने पानमारे रातो उखु किसानले लाउने गरेको लिम्बूले जानकारी दिए ।

हाल गाउँमा निजी र भाडामा लिएर ६० भन्दा बढी किसानले उखु खेती गरिरहेको उनले जानकारी दिए । एक रोपनीमा लगाएको उखु ८० हजार ठेक्कामा बेचेको बताउने लिम्बूले आफ्ना दुई छोरा र बुहारी आफ्नो आसमा लगाएको उखु व्यापार गरेर जीवनयापन गरिरहेको जानकारी दिए ।

चिनी नबन्ने खान मात्र मिल्ने यो उखुमा औषधि गुण भएकाले यसको उत्पादन र व्यापारले निरन्तरता पाएको अनुभव छ सो गाउँकी ६९ वर्षीय विष्णु चाम्लिङ (सुवेदी)को । ‘जन्डिसको औषधि हुने भएकाले बिरामीले खोजी खोजी लान्छन्’, चाम्लिङ भनिन् ।

विगत २५ वर्षदेखि उखु व्यापार गर्दै आएकी चाम्लिङले आफूले यहाँ उखु बेच्दा तीन जना मात्र भए पनि हाल उक्त सङ्ख्या बढेर ५० देखि ६० जना पुगेको सुनाइन् । तीन रोपनी जमिन वार्षिक १० हजार ठेक्का तिरेर उखु खेती गर्दै आएकी चाम्लिङले दैनिक दुई सयदेखि एक हजारसम्मको उखु बेच्ने गरेको जानकारी दिइन् ।

वर्षको कति कमाउनुहुन्छ भन्ने प्रश्नमा चाम्लिङ भन्छिन्, ‘खै हिसाब नै हुँदैन । बेच्यो, किन्यो, खायो जीवन चलेको छ ।’ सो गाउँका ३७ वर्षीया योगेन्द्र लिम्बूले बाजेको पालादेखि आफ्नो परिवारले उखु खेती गरेर जीवनयापन गर्दै आएको जानकारी दिए । बाह्र रोपनीमा उखु लगाएका लिम्बूले वर्षभरिमा १० देखि १२ लाखसम्मको उखु बेच्ने गरेको जानकारी दिए ।

‘पहिला हिउँदको सिजनमा मात्र उखु पाइन्थ्यो’, लिम्बूले भने, ‘अहिले माग बढेकाले उत्पादन बढेर बारै महिना पाउँछ ।’ आफ्नो माइतीले लेउतीटारमा दिएको तीन रोपनी दाइजो जमिनमा लगाएको उखु बेचेर दैनिक चार देखि पाँच सयसम्म कमाइ गर्ने गरेको अर्का ३६ वर्षीया भगवती लिम्बूले जानकारी दिए ।

विगत २० वर्षदेखि निरन्तर उत्पादन गरेर बेच्दै आएको बताउने लिम्बूले वार्षिक उखु बेचर दुईदेखि तीन लाख कमाई गर्ने जानकारी दिए । एक मात्र व्यावसायिक उखु खेती हुने यो लेउतीटार गाउँ जिल्लाकै पकेट क्षेत्र हो । कृषि ज्ञानेन्द्र धनकुटाको तथ्याङ्कअनुसार जिल्लामा ५० हेक्टरमा उखु खेती हुने गर्दछ । जसमा ९९ प्रतिशत यही लेउतीटारमा खेती हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस