काठमाडौँ । नेकपा एमाले वाग्मती प्रदेश सरकारबाट बाहिरिएको छ ।
एमाले वाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले शुक्रबार बसेको प्रदेशसभा बैठकबाटै एमाले सरकारबाट बाहिरिएको बताएका हुन् ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत माग्ने प्रस्तावको विषयमा सुरु भएको छलफलमा नेता थपलियाले जम्कट्टेललाई विश्वासको मत नदिने बताए ।