८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१४ सहसचिवको पदस्थापन तथा सरुवासहित २५ को सरुवा, अध्यागमन प्रमुख र सिडिओ पनि फेरिए 

अ+ अ-

काठमाडौँ । १४ जना राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)सहित गृहका २५ जना अधिकारीहरूको सरुवा भएको छ । गृह मन्त्रालयले अतिरिक्त समूहमा रहेकालगायत अन्य १४ सहसचिव र अन्य उपसचिवहरूलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायहरूमा खटन पटन गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार मन्त्रालयले अतिरिक्तमा रहेका ११ जना सहसचिवहरूको पदस्थापन र तीन जनाको सरुवा गरेको छ भने ११ जना सहसचिवहरूको सरुवा विभिन्न निकायहरुपमा सरुवा गरेको छ । ब्युरोलाई प्राप्त विवरण अनुसार सहसचिव रामबन्धु सुवेदीलाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँको प्रमुख अध्यागमन अधिकृतमा पठाएको छ  भने त्यहाँका वासुदेव घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत सारिएको छ । 

यस्तै सहसचिव रुद्रसिंह तामाङलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महादेव पन्तको आन्तरिक व्यवस्थापन महाशाखा, गृहमा पदस्थापन गरिएको छ । 

प्राप्त विवरण अनुसार मेखबहादुर मगरातीलाई जिल्ला प्रशासन कार्यालय पाँचथर रामकृष्ण अधिकारीलाई लमजुङ, जय कुमार घिमिरेलाई जुम्ला, प्रेम प्रसाद आचार्यलाई पर्वत, कोमल प्रसाद धमलालाई दोलखा, वेद प्रसाद खरेललाई सल्यान, मदन कोइरालालाई प्युठान र राम कुमार महतोलाई जाजरकोटको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ भने थानेश्वर गौतमलाई धनकुटा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव अनिता निरौलालाई जिल्ला प्रशासन कार्यालय रामेछापको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । 

यसैगरी जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेलाई जिल्ला प्रशासन कार्यालय जुम्लाको सहायक प्रमुख जिल्ला अधिकारी, धनकुटाकी लीला कुमारी के.सी.पाण्डेलाई पाँचथरको सप्रजिअ(काज एनडीआरआरएमए), दोलखाका प्रमुख जिल्ला अधिकारी शेखर पौड्याललाई जिल्ला प्रशासन कार्यालय इलामको सहायक प्रमुख जिल्ला अधिकारी, रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीलाई जिल्ला प्रशासन कार्यालय बैतडीको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गर्दै काजमा एनडीआरआरएमा काज राखिएको छ । 

त्यस्तै जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीलाई सहायक प्रमुख जिल्ला अधिकारी दोलखा, पर्वतका प्रजिअ चित्रांगत बराललाई सप्रजिअ बागलुङ, र बागलुङका प्रजिअ गणेश प्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय पर्वतको सहायक प्रमुख जिल्ला अधिकारी र प्युठानका प्रजिअ वेद प्रसाद अर्याललाई जिल्ला प्रशासन कार्यालय रौतहटको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । 

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय सल्यान, जुम्ला र जाजरकोटका प्रमुख जिल्ला अधिकारीहरू क्रमशः कृष्ण चन्द्र पौडेल, मुकेश कुमार केशरी र अञ्जन न्यौपानेलाई क्रमशः प्युठान, धनुषा र धनकुटाको सहायक प्रमुख जिल्ला अधिकारी बनाई पठाएको विवरण प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त भएको छ । 

मन्त्रालयले लामो समयदेखि बरन्डामा रहेका अधिकारीहरूको व्यवस्थापनसँगै अवधि पुगेका तथा दरबन्दी अनुसार सरुवा मिलाएको हो । 

केही समय अघि मात्रै मन्त्रालयले दुई जिल्लाका सिडिओसहित १० उपसचिवहरूको सरुवा गरेको थियो । 

सम्बन्धित समाचार : सिडिओसहित गृहका १० उपसचिवको सरुवा 

प्रतिक्रिया दिनुहोस