७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवार्डमा अब्बल ‘ऐना झ्यालको पुतली’

अ+ अ-

काठमाडौँ । चलचित्र ‘ऐना झ्यालको पुतली’ अवार्डमा अब्बल साबित भइरहेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चलचित्रले सहभागी भएको अवार्डमा आफूलाई प्रमाणित गर्दै विधागत विजेता बनिरहेको छ । हालै सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत यसले उत्कृष्ट चलचित्रसँगै निर्देशक, लेखनसहित बाल कलाकार दिनेश खत्रीले अवार्ड जिते ।

‘हाम्रो कामलाई विश्वले हेर्नुभएको छ । हेरेर यसले दिएको सन्देशलाई महसुस गर्दै स्विकार्नुभएको छ । हाम्रो निमित्त यो नै ठूलो अवार्ड हो’, निर्देशक सुजित बिडारीले भने, ‘चलचित्रले ग्रामीण भेगको एउटा सामान्य परिवारको कथा भनेको छ। यसमा मेरो बालापनलाई समेत महसुस गर्ने गरेको छु ।’

छ÷सात पेजमा कथा बनाएका उनले आफ्नो समाजको भोगाइ नलेख्ने भनेर सुरुआत गरेको बताए । ‘चलचित्र बनाउने कि नबनाउने भन्ने दुबिधा हुँदा नै मैले पढ्न दिएकाले पचासको दशकमा सबैको भोगाइ रहेको प्रतिक्रिया दिएपछि ठूलो पर्दामा ल्याउने तयारी गरेको थिए । अहिले विभिन्न अवार्ड समारोहमा पाउने वाहवाहीले त्यो समयको मेहनतलाई बिर्साएको छ’, निर्देशक बिडारीले भने ।

उनले यसअघि १४ मिनेट लामो लघु चलचित्र ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिए । पहाडी जिल्लाको गाउँमा बसोबास गर्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ । झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ तर जति प्रयास गरे पनि निस्कन नसक्ने सन्दर्भलाई प्रस्तुत गरिएको चलचित्रमा सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, विशा चाम्लिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।

दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलको न्यु करेन्ट सेक्सनमा छानिने पहिलो नेपाली चलचित्र बनेको ‘ऐना झ्यालको पुतली’ ले ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो। चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अस्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्डजस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनोट भइसकेको चलचित्रले भारतको प्रतिष्ठित कौतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट चलचित्रसँगै सम्पादन, अभिनेता र अभिनेत्री विधामा अवार्ड जितेको थियो। यो चलचित्र हालै सम्पन्न ९५औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड) का लागि नेपालबाट सिफारिस भएको थियो ।

प्रतिक्रिया दिनुहोस