७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुलाका स्थानीय तह दमकलविहीन

अ+ अ-

खलङ्गा । दार्चुलाका आठ स्थानीय तह दमकल (वारुणयन्त्र) विहीन अवस्थामा छन् ।

नौ तहमध्ये महाकाली नगरपालिकासित मात्र दमकल छ । तर उक्त दमकल पनि प्रयोगविहीन अवस्थामा छ । अन्य आठ स्थानीय तहमा यातायातको पहुँच भएर पनि दमकलको सुविधा छैन ।

सबैभन्दा पहिला यातायात सेवाको पहुँचमा पुगेको शैल्यशिखर नगरपालिकाले समेत हालसम्म दमकल खरिद गर्न नसकेको स्थानीयको गुनासो छ ।

सदरमुकामस्थित खलङ्गा बजारमा अव्यवस्थित बसोबासका कारण सबै क्षेत्रमा दमकल चलाउन मिल्ने सडक छैन । यसबाट आगलागी नियन्त्रणमा समस्या भएको स्थानीय धिरज ऐरीले बताए । ‘बाक्लो बस्ती छ, आगलागी भएको अवस्थामा दमकल लैजान मिल्ने अवस्था छैन’, उनले भने । अव्यवस्थितरुपमा घर निर्माण गर्दा समस्या भएको ऐरीको भनाइ छ ।

गत वर्ष सदरमुकाम खलङ्गामा एउटा पसलमा आगलागी भयो । तर उक्त ठाउँमा दमकल नै जान सकेन । लाखौँ रुपैयाँको क्षति भयो । जिल्लामा धेरै ठाउँमा आगलागीका घटना हुने गरेका छन । आगो नियन्त्रण गर्न स्थानीय तहसित दमकल नहुँदा क्षति बेहोर्नु परेको शैल्यशिखर नगरपालिका-६ का जितेन्द्र धामी बताउँछन् ।

दमकल खरिद गर्न स्थानीय तहले चासो दिएका छैनन् । जनप्रतिनिधिले आफ्ना लागि सवारीसाधन खरिद गर्न चासो दिए पनि दमकल किन्न ध्यान नदिएको सर्वसाधारणको गुनासो छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहले दमकल सञ्चालन गर्ने व्यवस्था गरे पनि यहाँका स्थानीय तहले हालसम्म यस सम्बन्धी कार्यविधि बनाएका छैनन् ।

दमकल खरिका लागि विभिन्न बहाना गर्ने स्थानीय तहले डोजर किन्न भने होडबाजी गर्ने गरेका छन् । अधिकांश स्थानीय तहले पालिकाको रकमबाट स्काभेटर खरिद गरेका छन् ।

प्रतिक्रिया दिनुहोस