काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले काँग्रेस परित्याग गरेका अर्थशास्त्री स्वर्णिम वाग्ले घण्टी चुनाव चिह्न लिएर उपनिर्वाचनमा उम्मेदवार बन्ने बताएका छन् ।
बिहीबार मात्रै काँग्रेस छोडेको घोषणा गरेका वाग्ले रास्वपाको उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्यमा तनहुँ( १ बाट चुनाव लड्न तयार भएको बताइएको छ ।
काँग्रेस त्यागका वाग्ले रास्वपाको साधारण सदस्य भई तनहुँबाट चुनाव लड्ने छन् ।