८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसइई परीक्षा आजबाट सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

अ+ अ-

काठमाडौँ ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (शुक्रबार)देखि सुरु हुँदै छ । यस वर्षको एसइईमा ५ लाख १६ हजार पाँच सय ९१ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये १४ जना जापानबाट एसइईमा सहभागी हुने भएका छन् । 

 देशभरका ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र कायम गरिएको छ । जापानका विद्यार्थीका लागि जापानमै केन्द्र राखिएको छ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मीलगायत गरी ७८ हजार जनशक्ति प्रत्यक्ष रूपमा परिचालन  गरिएको छ । 

यस वर्ष छात्राभन्दा छात्रको संख्या बढी पाइएको छ । २ लाख ६० हजार ६ सय ७४ छात्र र दुई लाख ५५ हजार ९ सय १७ छात्रा सहभागी हुँदै छन् । पनिकाका अनुसार सबैभन्दा धेरै विद्यार्थी तथा परीक्षा केन्द्र बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा छन् । बागमती प्रदेशमा चार सय ३४ परीक्षा केन्द्र र एक लाख ६ हजार नौ सय ५९ विद्यार्थी रहेका छन् । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुँदै छ ।  

सबैभन्दा कम रहेको कर्णालीमा १ सय ७९ परीक्षा केन्द्र र परीक्षार्थी ४१ हजार तीन सय २९ रहेको बोर्डले जनाएको छ । त्यसैगरी, कोसी प्रदेशमा तीन सय ७८, मधेसमा दुई सय ७९, गण्डकीमा दुई सय २३, लुम्बिनीमा तीन सय ३४ र सुदूरपश्चिम प्रदेशमा दुई सय ९ परीक्षा केन्द्र तय गरिएको छ । 

अघिल्लो वर्षको एसइईमा देशभरबाट पाँच लाख १८ हजार एक सय ८५ विद्यार्थीले आवेदन भरेकामा चार लाख ९५ हजार ६ सय ४८ जना परीक्षामा सहभागी भएका थिए । 

प्रतिक्रिया दिनुहोस