१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीका मुख्यमन्त्रीले आज दोस्रोपटक विश्वासको मत लिँदै

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज शुकबार विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीको रूपमा माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका शर्माले राप्रपाले समर्थन फिर्ता लिएपछि दोस्रो पटक पुनः विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिनका लागि दिउँसो ३ बजे बैठक बोलाइएको छ । कर्णाली प्रदेश सरकारमा अहिले नेकपा एमाले र माओवादी सहभागी छन्। केन्द्रमा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै कर्णालीमा एमालेले के गर्ला भन्ने चासो बढ्न थालेको छ । नेकपा एमालेले भने कर्णालीमा समर्थन फिर्ता लिएको छैन ।

कर्णाली प्रदेश सभामा हाल कांग्रेसका १४ सांसद छन् भने माओवादीका १३ सांसद छन् । यस्तै एमालेका १० सांसद हुँदा स्वतन्त्र, नेकपा एस र राप्रपाका एक–एक सांसद छन् । एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादीसहित २५ सांसदको समर्थनमा शर्मा पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

माघ ६ गते नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक–एक जना सांसद गरी २५ सांसदको विश्वासको मत पाएका थिए । तर, केन्द्रमा समीकरण फेरिएसँगै राप्रपाका सांसदले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार उनले पुनः विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस