७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वाञ्चल विश्वविद्यालयमा एमबिबिएसको पढाइ हुने

अ+ अ-

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले अर्को वर्षदेखि एमबिबिएसको अध्यापन सुरु गर्ने भएको छ ।

एमबीबीएस कक्षा सञ्चालनको अनुमति पाएको विश्वविद्यालयले अर्को वर्षबाट विद्यार्थी भर्ना लिएर अध्यापन सुरु गराउने भएको हो ।

कक्षा सञ्चालनका लागि विश्वविद्यालयले शिक्षक राख्ने प्रक्रिया भने सुरु गरेको छ । विश्वविद्यालयको चिकित्सा शास्त्र सङ्कायले करारमा शिक्षक नियुक्तिको प्रक्रिया सुरु गरेको विश्वविद्यालय मेडिकल संकायका निमित्त डिन नवीन लामिछानेले बताए ।

डिन लामिछानेका अनुसार ७५ जना विद्यार्थीको कोटा लिएर अध्यापन गराउने विश्वविद्यालयको तयारी छ । चिकित्सा शिक्षा आयोगको मापदण्ड पूरा गर्नका लागि पहिलो चरणमा विश्वविद्यालयले १८ जना शिक्षकका लागि विज्ञापन खुलाएको उनले बताए ।

विश्वविद्यालयले विभिन्न विषयमा १८ जना सह(प्राध्यापक र उपप्राध्यापक माग गरेको छ । उनका अनुसार मापदण्ड पूरा गरेपछि अर्को वर्षबाट कक्षा सञ्चालनको तयारी छ ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको गोठ गाउँमा मेडिकल शिक्षा अध्यापन हुनेछ । अभ्यास भने विराटनगरको कोशी अस्पतालमा हुनेछ ।

२०७८ माघ २४ गते कोसी अस्पताल विराटनगरले पूर्वाञ्चल विश्वविद्यालयलाई अभ्यासका लागि अस्पताल प्रयोग गर्दिने सम्झौता भएको थियो ।

सहमतिको एक वर्षपछि २०७९ माघ २३ गतेको मन्त्रीपरिषद्को बैठकले विश्वविद्यालय र कोसी अस्पतालबीचको सम्झौता अनुमोदन गर्दै मेडिकल कलेज सञ्चालनको बाटो खोलिदिएको थियो ।

विश्वविद्यालयले यसअघि २०६२ सालमा एक सय ९५० जना नेपाली ५० जना सार्क राष्ट्र० विद्यार्थी एमबीबीएस अध्यापनका लागि इन्ट्रान्स परीक्षा लिएको थियो । तर २०६२(६३ को जनआन्दोलनका कारण मेडिकल कलेज सञ्चालनको योजना अवरुद्ध भएको थियो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा २०५२ सालमा विश्वविद्यालय स्थापना भएको विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठ गाउँमा नर्सिङ,विएन, फार्मेसीलगायत कोर्सको अध्यापन भइरहेको छ । विश्वविद्यालयले आज ११औँ दीक्षान्त समारोह मनाउदैछ ।

प्रतिक्रिया दिनुहोस