८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट बनाउनु पूर्व विज्ञ सम्मेलन सुरु

अ+ अ-

बलेवा । बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनु पूर्व विषयगत विज्ञहरूको सम्मेलन सुरु गरेको छ ।

विषयगत क्षेत्रको विकास गर्दै स्रोतसाधनको अधिकतम परिचालन गर्ने उद्देश्यले पालिकाले विज्ञ सम्मेलन आयोजना गरेको हो ।

शनिवारदेखि सुरु भएको सम्मेलन आज सम्पन्न हुदैँछ । सम्मेलनमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र बाँदर नियन्त्रणसम्बन्धी विज्ञको सहभागिता रहेको नगरप्रमुख नरबहादुर पुनले बताए । ‘विज्ञको परामर्शमा काम गर्दा प्रभावकारी हुने भएकाले समृद्ध जैमिनी नगर निर्माणका लागि विज्ञको भेला गरिएको हो । सम्मेलनमार्फत हामीले विषयगत क्षेत्रमा आधारभूत तहसम्मको ज्ञान उपलब्ध गर्ने अवसर मिलेको छ’, उनले भने ।

पालिकाले विकासको मोडल, अहिले भए गरेका काममा रहेका समस्या र आगामी कार्य योजना बनाउँदा अपनाउनुपर्ने विधिका विषयमा विज्ञसँग छलफल गरिएको छ । सम्मेलनमा पालिकाका सबै क्षेत्रका कर्मचारी, जनप्रतिनिधि र सर्वसाधारणको सहभागिता छ ।

सम्मेलनमा कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा गोविन्द आचार्यले कृषि, गण्डकी प्रदेशको कृषि ऊर्जा तथा जलस्रोत मन्त्रालयका डा ग्रीष्म न्यौपानेले पशु विकास, लोक सेवा आयोग केन्द्रिय कार्यालयका उप सचिव देवीप्रसाद सुवेदीले अर्थ÷सार्वजनिक वित्त व्यवस्थापन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर विमल चालिसेले स्वास्थ्यका विषयमा सहजीकरण गरेका छन् ।

त्यस्तै शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले शिक्षा, पोखरास्थित पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर रामबाबु पौडेलले पूर्वाधार विकास, छत्रदेव गाउँपालिका गुल्मीका पूर्व अध्यक्ष लेखनाथ पोखरेलले बाँदर नियन्त्रण, कृषि अनुसन्धान निर्देशनालय लुम्लेका वरिष्ठ बाली वैज्ञानिक रमेश आचार्यले कृषि अनुसन्धान र नेपाल नगरपालिका सङ्घ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष इन्जिनियर दीपकबाबु कँडेलले स्थानीय तह विकासका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

‘हामीले सगरमाथा चढ्ने लक्ष्य राखेका छौँ, त्यहाँ पुग्नका लागि उचाइ, बाटो र बन्दोबस्तीका विषयमा सगरमाथाका बारेमा ज्ञान भएका व्यक्तिले बताउनुहुन्छ । नगरको विकासका लागि उहाँहरूले बाटो देखाइदिनुहुन्छ, हामीले कडा मेहनत गरेर लक्ष्य प्राप्ति गर्ने छौँ’, नगर प्रमुख पुनले भने । विज्ञले दिएका सुझावका आधारमा आगामी योजना बनाइने उनको भनाइ थियो ।

विज्ञताबिना योजना बनाउँदा काम र व्यवहारिकता फरक पर्ने भएकाले नगरले विज्ञ सम्मेलन गरेको उपप्रमुख हरिहर शर्माले बताए । जैमिनीले सुरुवात गरेको सम्मेलन जिल्लाका अन्य स्थानीय तहका लागि पनि सिकाइको विषय हुने जिल्ला समन्वय प्रमुख अमर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस