१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अघि बढ्यो दरौँदी कोरिडोर प्रसारण लाइन

अ+ अ-

काठमाडौँ । दरौँदी तथा चेपे खोलामा निर्माण हुन लागेको जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि केराबारी– मस्याङ्दी (दरौँदी कोरिडोर) प्रसारण लाइन निर्माण हुने भएको छ । आइतबार एक समारोहबीच प्रसारण लाइनको शिलान्यास गरिएको राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री डा. नेत्रप्रसाद ज्ञवालीले जानकारी दिए । कम्पनीले निर्माण गर्न लागेको यो पहिलो आयोजना हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव एवं राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष दिनेशकुमार घिमिरेले प्रसारण लाइन आयोजनाको टावर निर्माणको शिलान्यास गरे । आयोजना अन्तर्गत गोरखा जिल्लाको सिरानचोक गाउँपालिका – १ मा एक सय ३२ केभी क्षमताको केराबारी सवस्टेशन निर्माण हुनेछ । यस्तै सो सव–स्टेशन देखि तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित न्यु – मस्याङ्दी (मार्किचोक) सव–स्टेशनसम्म करिब ३२ किमी लामो एक सय ३२ केभीको डबल सर्किट प्रसारण लाइन निर्माण हुनेछ ।

कूल एकसय सात वटा टावर रहने यस प्रसारण लाइन आयोजनाको टावर नम्बर १९ बाट निर्माण सुरु गर्न लागिएको हो । आयोजनाका प्रबन्धक श्री देवेश सैंजुले आयोजनाको निर्माणपछि चेपे तथा दरौंदी खोलामा निर्माण गरिने विभिन्न जलविद्युत आयोजनाबाट उत्पादित करिब एक सय २० मेगावाट विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने जानकारी गराए ।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीका अनुसार छुट्टा छुट्टै प्रसारण लाइन निर्माण गर्नुभन्दा एउटा साझा प्रसारण लाइन निर्माण गरी विद्युत् प्रवाह गर्न प्राविधिक, आर्थिक तथा पर्यावरणीय दृष्टिकोणबाट उपयुक्त देखिएको बताए । उनले सो आयोजनाबाट दरौंदी तथा चेपे खोलामा निर्माण गरिने जलविद्युत आयोजनाहरू लाभान्वित हुने र अन्य आयोजनाका लागि समेत मार्ग प्रशस्त गर्ने विश्वास दिलाए । प्रसारण लाइन नदी कोरिडोरका धेरै आयोजनालाई समेट्ने गरी बनाइएको साझा प्रसारण लाइन विकासको एक मोडेलको रूपमा स्थापित हुने बताए ।

गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले प्रसारण लाइन आयोजनाबाट हुने क्षति न्यूनीकरण गर्न एकीकृत प्रसारण लाइन निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । जिल्ला प्रशासन कार्यालयबाट आयोजना निर्माणमा आवश्यक सहयोगरसहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न शुभकामना व्यक्त गरेका थिए ।

ऊर्जा सचिव घिमिरेले आयोजना प्रभावित स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित सरकारी निकायले आयोजनाप्रतिको अपनत्वको सराहना गरे । देशमा तीव्र गतिमा उत्पादन भइरहेको बिजुलीलाई लोड केन्द्रमा पुर्‍याउनका लागि प्रसारण गुरु योजना तयार पारिएको र सोही बमोजिम राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले प्रथामिकीकरण गरी आयोजनाको निर्माण द्रुत गतिमा बढाइएको उनको भनाइ छ ।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड तथा निर्माण व्यवसायीलाई आयोजना चाँडोभन्दा चाँडो सम्पन्न गर्न निर्देशन दिँदै आयोजना सफलतापूर्वक सम्पन्न हुनेमा विश्वास व्यक्त गरेको छ । गोरखा नगरपालिकाका अध्यक्ष कृष्ण राना मगर र सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले आयोजनालाई स्थानीय तहबाट आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस