९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुलाकी सडक निर्माण : समय घर्किँदा पनि काममा ढिलासुस्ती

अ+ अ-

महेन्द्रनगर । ३० महिनामा सक्नुपर्ने हुलाकी सडकको निर्माण कञ्चनपुरमा ६ वर्ष वितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । कञ्चनपुरको डोकेबजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक २०७३ फागुनमा सम्झौता भई काम थालिएको भए पनि अझै २६ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको छ ।

हुलाकी राजमार्ग योजना कार्यालयका इञ्जिनीयर दीपक सुनारले निर्माण व्यवसायीले उक्त कामलाई प्राथमिकतामा नराख्न निर्माणमा ढिलासुस्ती भएको बताए । ‘पहिलो कोरोना कहर, निकुञ्ज क्षेत्रमा स्वीकृति लगायतका कारणले ढिलाइ भयो ।’उनले भने,’पाँचौँ पटक काम गर्न म्याद थप गर्दा पनि पूरा भएको छैन ।’हुलाकी सडकको ६२ किलोमिटर सडक तीन वटा प्याकेजमा ठेक्का दिएर काम थालिएको थियो । डोकेबजारदेखि बेलौरीसम्मको पहिलो प्याकेजको २० किलोमिटरमा ९० प्रतिशत काम सम्पन्न भए पनि अन्य दुई प्याकेजमा काम उस्तै छ ।

पहिलो प्याकेजको निर्माण रु ३६ करोड ४७ लाखमा शर्मा- राजेन्द्र जेभीले निर्माणको जिम्मा पाएको थियो । ‘पहिलो प्याकेजको निर्माण अवधि सकिएसँगै काम पनि अन्तिम अन्तिमतिर छ ।’ इञ्जिनीयर सुनारले भने,’तेस्रो प्याकेजमा काम भइरहे पनि दोस्रोमा स्थगन जस्तै छ ।’

त्यसैगरी बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजको लागत रु ४१ करोड ४१ लाख छ । उक्त प्याकेजमा हालसम्म साढे नौ किलोमिटर सडक मात्रै कालोपत्र भएको हुलाकी सडक योजना कार्यालयले जनाएको छ । सोही प्याकेजको चुँइ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्र गर्न असहमति जनाउँदै आएको छ ।

दोस्रो प्याकेज निर्माणको जिम्मा पाएको बाबा हंस–सिद्धीसाई जेभीले पाँच पटक म्याद थप भइसक्दा मुस्किलले ५० प्रतिशत काम सकेको छ । त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २२ किलोमिटर सडकमा ६ वर्षको अवधिमा साढे आठ किलोमिटर सडक मात्रै कालोपत्र भएको इञ्जिनीयर सुनारले जानकारी दिए । ‘दोस्रो र तेस्रो प्याकेजको काम सक्ने समय आगामी असार मसान्तसम्म तोकिएको छ ।’ इञ्जिनीयर सुनारले भने-‘६ वर्षको अवधिमा जम्मा ३६ किलोमिटर मात्रै सडक कालोपत्र भयो ।’निर्माण व्यवसायीले सम्झौता अनुसार निर्धारित समयभित्रै कार्य पूरा नगर्दा सडक निर्माणको कार्य निकै ढिलाइ भएको हो । निर्माणाधीन सडकमापर्ने स्थानीय पालिका र स्थानीयवासीले समयमा निर्माण सक्न पटक–पटक दबाब दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस