७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोपबाट वञ्चित बालबालिकाको खोजीमा नगरपालिका

अ+ अ-

ढोरपाटन । जिल्लाको ढोरपाटन नगरपालिकाले गाउँ गाउँमा पुगेर पूर्ण खोप लगाउनबाट वञ्चित भएका र कुपोषित बालबालिकाको खोजी गरिरहेको छ । नगरपालिका स्वास्थ्य शाखाले अहिले गाउँमा गएर स्वास्थ्य आमासमूह गठन गर्ने र बालबालिकालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन थालेको छ ।

जनचेतनाको कमी तथा अशिक्षाका कारण बालबालिका कुपोषित हुने र पूर्ण खोप नलगाएको पाइएको छ । स्वास्थ्य शाखाले स्वास्थ्यकर्मीसहित गाउँमै पुगेर स्वास्थ्य आमासमूहलाई स्वास्थ्य शिक्षा, पूर्ण खोपका बारेमा जानकारी दिने र कुपोषित बच्चाको खोजी गर्न सिकाउनलगायतका कार्य गरिरहेको छ ।

नगरपालिकाले नौ वटै वडामा पुगेर खोप लगाउने तथा कुपोषित बच्चाको पहिचान गरिरहेको स्वास्थ्य शाखा प्रमुख केशव थापाले जानकारी दिए । दुर्गम गाउँहरूमा धेरै बालबालिका कुपोषित र पूर्ण खोप नलगाएका भेटिने गरेका छन् । उनीहरूलाई खोप दिने र कुपोषित बच्चालाई पोषण उपलब्ध गराउने गरेको प्रमुख थापाले बताए । अघिल्लो वर्ष केही वडामा २९ बालबालिका कुपोषित र अहिले १५ मा त्यो समस्या फेला परेको छ ।

‘यस वर्ष वडा नं ४, ६, ३ र १ मा पुगेर कुपोषित र पूर्ण खोप नलगाएका बालबालिका भेट्यौँ, अझै पाँच वटा वडामा पुग्न बाँकी छ, अझै धेरै कुपोषित बालबालिका भेटिने आँकलन गरेका छौँ, १३ जनाले पूर्ण खोप नलगाएको पाइयो, उनीहरूलाई खोप दियौँ’, थापाले भने, ‘यो समस्या अभिभावक अशिक्षित भएकै कारण उत्पन्न भएको हो, सुरुमा बच्चालाई खोप लगाएर ल्याउँछन्, खोप लगाएपछि दुखेर रुने हुँदा त्यसपछिका चरणका खोप लगाउनै नलगेको पाइयो ।’

बालबालिका कुपोषित हुनबाट रोक्न तथा पूर्ण खोप लगाउन गाउँको टोल टोलमा स्वास्थ्य आमासमूह गठन गर्ने र उनीहरूलाई खोप लगाउने समय, कस्तो बच्चा कुपोषित हो भन्ने छुट्याउने र समयमै स्वास्थ्य संस्थामा लैजानुपर्ने विषयमा प्रशिक्षति गरिरहेको बताइएको छ ।

नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले समयसमयमा स्वास्थ्यकर्मीलाई नागरिकको स्वास्थ्य समस्या बुझ्न गाउँ गाउँमा पठाउने गरेको र सोहीअनुसार स्वास्थ्य सेवा प्रभावकारी बनाउनतर्फ लागेको कायतले बताए ।

उनले भने, ‘ नगरपालिका अलिकति पिछडिएको क्षेत्र पनि हो, यहाँका धेरै नागरिकमा जनचेतना बढ्दैछ, स्वास्थ्य र शिक्षाको सहज पहुँच पुग्दैछ, अहिले पनि बिरामी हुँदा अस्पतालभन्दा धाँमीझाँक्री खोज्ने प्रचलन छ, यद्यपि हामी अन्धविश्वासलाई हटाएर नागरिकलाई सचेत बनाउने कार्यमा लागेका छौँ, यहाँको स्वास्थ्यमा केही सुधार आएको महसुस भएको छ, स्वास्थ्य संस्था तथा औषधि व्यवस्थापनलगायतका विषयमा लागेका छौँ ।’

प्रतिक्रिया दिनुहोस