९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीमा नौ महिनामा हराए ७४ जना

अ+ अ-

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीमा चालु आर्थिक वर्षको नौ महिनामा ७४ जना बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आवको अहिलेसम्म ४७ महिलासहित ७४ जना बेपत्ता भएका हुन् ।

बेपत्ता भएका ४७ महिलामध्ये ३० जना फेला परेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । यस्तै १८ बालिका बेपत्ता भएकामा सात र चार बालक बेपत्ता भएकामा तीन र पाँच पुरुष बेपत्ता भएकोमा एक पुरुष मात्रै फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

हराउने महिला तथा बालबालिकामध्ये केही प्रहरीको सक्रियतामा भेटिन्छन् भने केही आफन्तकै पहलमा भेटिने गरेका प्रहरी निरीक्षक खत्रीको भनाइ छ । हराउने बेला प्रहरीलाई खबर गर्ने गरेका भए पनि धेरै जना भेट्टिएका भए पनि प्रहरीमा खबर नगर्ने पनि गरेका छन् ।

हराएकाको अझै पनि जिल्लास्थित मातहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्बिरसहित पत्राचार गरिएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

भारतसँग सीमा जोडिएको जिल्ला भएकाले सीमा नाकामा पनि कडाइ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस