काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि तनहुँका दुई ठाउँमा चुनावी आमसभा गर्ने भएको छ ।
रास्वपाले आँबुखैरेनी बजार बिहान ११ बजे र देवघाटमा दिउँसो ३ बजे आमसभा गर्न लागेको हो ।
आमसभामा उपनिर्वाचनमा उठेका तीन जना उम्मेदवार सहभागी हुने तय भएको छ ।