१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बस्ती नजिक बाघ देखिन थालेपछि निगरानी गर्न स्वचालित क्यामेरा जडान

अ+ अ-

बेदकोट । कञ्चनपुरको दक्षिणी क्षेत्रमा बस्ती नजिक बाघ देखिन थालेपछि अनुगमनका लागि स्वचालित क्यामेरा जडान गरिएका छन् ।

पुर्नर्वास नगरपालिका र बेलौरी नगरपालिकामा बाघको अनुगमनका लागि तीन वटा स्वचालित क्यामेरा जडान गरिएको कुण्डा सवडिभिजन वन कार्यालय पच्गडियाका प्रमुख सहायक वन अधिकृत दिनेशकुमार यादवले जानकारी दिए ।

‘पछिल्लो केही दिनयता बाघको बिगबिगी भयो, बस्ती नजिकै बाघ देखिन थालेपछि अनुगमनका लागि स्वचालित क्यामेरा जडान गरेका छौँ’, उनले भने, ‘अहिले बाघ देखिएको ठाउँमा क्यामेराले निगरानी गरिरहेका छौँ, एक साता हेर्छौं कस्तो नतिजा आउँछ, नभएपछि अर्को ठाउँमा क्यामेरा सार्छौं ।’

उनका अनुसार पुर्नर्वास–११ को गङ्गा जमुना सामुदायिक वन क्षेत्र, सोहीसँग जोडिएको धनगढी उपमहानगरपालिका–३ को सामुदायिक वन क्षेत्र र बेलौरी–२ को थापाचोक नजिक स्वचालित क्यामेरा जडान गरिएको छ । यी क्षेत्रमा केही दिनअघि गाउँ नजिकै बाघ देखिएको थियो । चैत १० गते भारतको दुधुवा नेशनल पार्कमा मेलापात गएकी पुर्नर्वास–१० मदनटोलकी ३२ वर्षीया कलशा सार्कीको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

एक हप्तापछि चैत १७ गते बेलौरीसँग सीमा जोडिएको भारतीय गाउँमा पनि बाघको आक्रमणबाट भारतीय महिलाको मृत्यु भएको थियो । पुर्नर्वास र बेलौरी आसपासका क्षेत्रमा बाघको आक्रमणका घटना हुनु र त्यसयता गाउँ बस्ती नजिकै बाघ देखिन थालेपछि स्थानीय त्रसित छन् । उनीहरू त्रासले रातभर जाग्राम बस्न बाध्य छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा बाघको निगरानी गर्न स्वचालित क्यामेरा जडान गरिएको सहायक वन अधिकृत यादवले बताए । ‘गाउँ नजिकै बाघ देखिएपछि स्थानीयमा त्रास छ, बाघ एउटै ठाउँमा बस्दैन, त्यही पनि एक साता क्यामेराले निगरानी गरेपछि त्यो क्षेत्रमा बाघ छ वा छैन भन्ने निक्रयौल हुन्छ’, उनले भने, ‘त्यसले स्थानीयको त्रासलाई केही हदसम्म कम गर्नेछ ।’

अहिले पर्याप्तमात्रामा क्यामेरा नहुँदा बाघ देखिएको क्षेत्रमा मात्रै तीन क्यामेरा जडान गरिएको छ । एक साता ती क्षेत्रको अनुगमनपछि अन्यत्र ठाउँमा पनि बाघको निगरानीका लागि तिनै क्यामेरा सारिने उनले बताए । पुर्नर्वासको सीमासँगै जोडिएको भारतको दुधुवा नेशनल पार्कबाट बाघ नेपालतर्फ बस्ती पस्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस