८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भक्तपुरमा बिस्का जात्रा आजबाट सुरु हुँदै

अ+ अ-

काठमाडौँ । भक्तपुरमा ८ रात ९ दिन मनाइने बिस्का(बिस्केट) जात्रा आज (सोमबार) बाट सुरु हुँदैछ । साँझ टौमढीस्थित पाँच तले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरुवात गरिन्छ।

काठ काठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँच तल्ले मन्दिर प्राङ्गणबाट माथिल्लो (थने) र तल्लो (क्वने) टोलका बासिन्दाले तानातान गर्दै जात्राको सुरुवात गर्छन् । रथ तान्नुअघि भैरवनाथको रथमा खड्ग, तरबार, निशान राख्ने विधान छ । रथको अगाडि पाँच र पछाडि चार वटा डोरी समातेर जात्रालुले तान्छन्।

जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो। यसरी तानातान गर्ने क्रममा थानेतर्फ पहिला तानेर लान सके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढी हुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पुर्‍याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुन्छ। त्यसैगरी पहिले क्वनेतर्फ तानेर लान सके टेखापुखुसम्म ल्याउने र त्यहाँबाट पुनः टौमढी हुँदै दत्तात्रेय पुर्‍याएर त्यहाँबाट फर्काई गःहिटीमा रथ पुर्‍याउने चलन छ।

जात्रामा रथ तान्ने परम्परागत रुट क्वनेतर्फ टौमढी, बुलुँचा, घट् खा, नासमना, मुलाखु, वंशगोपाल, तेखापुखुसम्म र थने (माथिल्लो टोल) तर्फ क्वाछें, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रेयसम्म लग्निन्छ। र तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ। उक्त बलिपुजाको मासु प्रसादका रूपमा लाकुलाछेबासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ।

जात्राकोे चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसीं (हात नभएको लिंगो) उभ्याइन्छ भने साँझपख: तान्त्रिक विधिपूर्वक दश कर्म विधान गरी ५५ हात लामो लिंगो भेलुखेलस्थित ल्योसिङ खेलमा उभ्याइन्छ।

लिंगो उभ्याउने जात्रा अर्को आकर्षण हो। पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा लिंगो उभ्याउने गरिन्छ। लिङ्गोको कोखामा झुन्ड्याइएका दुई ध्वजाहरूलाई वीरध्वजा र विश्व ध्वजा भनिन्छ। एक जोडी ध्वजाहरू फुकाएपछि एउटा संवत्सर फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने मान्यता छ। लिंगो उभ्याउन बाँधिएका आठ वटा डोरीलाई अष्टमातृकाको प्रतीक मानिन्छ। लिंगो उभ्याउने क्रममा नवदुर्गा देवगण उपस्थित हुन्छन्।

लिंगो उठाउनुभन्दा अघि खौमास्थित इन्द्रायणी देवीको त्वारिवा जात्रा र तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन छ। यी दुई जात्रा सकेर त्यहाँको विशेष प्रसाद लिंगो उठाउने ठाउँमा लगिन्छ। लिंगो उठाएको हेर्नाले शत्रुहरू नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई ‘शत्रुहन्ता जात्रा’ पनि भनिन्छ। यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि लिंगो उभ्याउने स्थानमा पुर्‍याइन्छ। लिंगो उठ्नासाथ स्थानीय वाराही देवीको तिंप्वाः जात्रा मनाइन्छ।

बिस्का जात्राको पाँचौँ दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन लिंगो ढालिन्छ। त्यसको लगतै खँला टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एक आपसमा जुधाइन्छ। यसलाई स्थानीय भाषमा द्यः ल्वाकिगु जात्रा भनिन्छ। साँझपख दुमाजु देवीको जात्रा समेत गरिन्छ। जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाले तानातान गर्छन्।

आठौं दिन वैशाख ४ गते ‘द्य स्वंग व्य्यु’ जात्रा हुन्छ। यो दिन भक्तपुरबासीले परम्परागत भेषभूषामा सजिएर बाजागाजासहित नगरका ६० भन्दा बढी देवी देवतालाई गच्छेअनुसारका पक्वान्न, फलफूल र पैसा चढाउँछन् ।

भक्तपुरका प्रजिअ खगेन्द्रप्रसाद रिजालले बिस्का जात्रा भक्तपुरवासी र नेपालकै पहिचान र गौरव बोकेको जात्राका रूपमा रहेकाले शान्तिपूर्ण बनाउन सबैले हातेमालो गर्न आवश्यक रहेको बताए । जात्रामा हुने अवाञ्छित र उच्छृङ्खल गतिविधिमाथि सीसी क्यामेराबाट निगरानी गरी कारबाही गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस