७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् महसुल नबुझाउँदा ‘हाई माक्स लाइट’ बल्न छाडे

अ+ अ-

जानकी । बाँकेको जानकी गाउँपालिका–६ को गनापुरस्थित नेपालगञ्ज–कोहलपुर सडक खण्डमा पर्ने पिपरहवा चोकमा अहिले बत्ती बल्दैनन्।

विद्युत् महसुल नबुझाउँदा राति बल्नुपर्ने ‘हाई माक्स लाइट’ दिउँसो मात्रै देखिन थालेको दुई महिना नाघिसकेको छ । दिउँसो टाढैबाट देखिने ‘हाई माक्स लाइट’मा राति कुन गाडीले ठोकिदिने हो भन्न चिन्ता स्थानीय वासीमा छ । आठ वटा बत्ती भएको लाइट दिउँसो हेर्नलाई मात्र जडान गरिए जस्तो भएको छ ।

विगत डेढ वर्षदेखि केही लाइट बल्ने र केही नबल्ने अवस्थामा रहेकामा दुई महिनादेखि सबै बत्ती बल्न छाडेको छ। स्थानीयवासी देवीराम यादवले भने, ‘सुरुसुरुमा त राम्रै बल्थ्यो तर पछिपछि बिस्तारै एउटा एउटा गर्दै बत्ती निभ्न थाल्यो र अहिले त सबै बल्नै छाड्यो ।’

हाई माक्सका सबै बत्ती बल्न छाडेपछि विगत दुई महिनादेखि गाडीको आवाज सुनेर अँध्यारो सडक वारपार गर्न बाध्य भएको अर्का स्थानीयवासी चेतन गोडरियाले बताए । औद्योगिक कलकारखाना धेरै भएको उक्त वडामा ‘हाई माक्स लाइट’ ले दिएको उज्यालोले खुसी भएका स्थानीयवासी अहिले अँध्यारोमा हिँड्नुपर्दा दुःखी भएका छन् । उक्त लाइट बिग्रँदा राति सवारी दुर्घटना हुनसक्ने सम्भावना रहेको गनापुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक राजेश्वर गोसाईंले बताए ।

‘पहिला बत्ती हुँदा हामीलाई निकै सजिलो थियो । टाढा टाढासम्म सबै देखिन्थ्यो तर अहिले पूरै सडक साँझैदेखि अँध्यारो हुने गरेको छ’, उनले भने, ‘यो औद्योगिक क्षेत्र भएकाले राति ड्युटी सकेर घर फर्कने कामदारलाई बाटो काट्न निकै कठिन छ ।’ अपराधका घटना अँध्यारोमा धेरै हुने भएकाले ‘हाई माक्स लाइट’ बाल्न आफूले वडालाई दबाब दिएको पनि प्रहरी नायब निरीक्षक गोसाईंले बताए ।

उक्त पालिकामा तीन वटा यस्ता लाइट रहेकामा गनापुर चोकमा रहेको लाइटको विगत दुई वर्षदेखि विद्युत् महसुल नबुझाएको र त्यसका लागि आफूले पालिकामा लिखित र मौखिक रूपमा पहल गरेको वडाध्यक्ष जगदीश हरि जङ्गले बताए ।

पालिका अध्यक्ष छब्बन खाँले भने, ‘२०७४ सालका जनप्रतिनिधिले विद्युत् महसुल नतिरिदिँदा त्यसको भार हामीमा परेको हो ।’ ‘विगत दुई वर्षदेखि नतिरिएको विद्युत् महसुल बढेर झण्डै दुई लाखको हाराहारीमा रहेको छ,’ उनले भने, ‘हामीले पैसाको व्यवस्था गरिसकेका छौँ । अबको एक हप्तामा ‘हाई माक्स लाइट’बल्नेछ ।’

उक्त गाउँपालिकाको गनापुर, बेलहरी र जोग गाउँ गरी तीन ठाउँमा ‘हाई माक्स लाइट’छन् । गनापुर, बेलहरी, इन्द्रपुर र साई गाउँमा भने सात वटा सोलार बत्ती रहेका छन् ।

प्रतिक्रिया दिनुहोस