१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोल्ती पावरको आईपीओ बिक्री खुला

अ+ अ-

काठमाडौँ । दोल्ती पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको छ ।

कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३० प्रतिशत अर्थात् १६ करोड नौ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १६ लाख नौ हजार ४५८ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्ट्याएको थियो । त्योमध्ये पाँच करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको पाँच लाख ३६ हजार ४८६ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरिएको थियो ।

१ करोड सात लाख २९ हजार ८०० रुपैयाँ बराबारको एक लाख सात हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिसकेको छ । ६८ लाख एक हजार ७०० रुपैयाँ बराबरको ६८ हजार १७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।

लगानीकर्ताले बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओका लागि न्यूनतम १० देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले आउँदो वैशाख ३ गतेसम्म आवेदन दिनसक्ने छन् । उक्त अवधिसम्म मागअनुसार आवेदन नपरे वैशाख १२ गतेसम्म आईपीओमा आवेदन खुला रहने कम्पनीले जनाएको छ ।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल ‘बी’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको सङ्केत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

इच्छुक आवेदकले मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । यसका साथै सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस