८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीको अत्तरियामा तनाव, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

अ+ अ-

काठमाडौँ । कैलालीको अत्तरियास्थित मालाखेती अस्पतालका चिकित्सकको लापरबाहीले नवजात शिशुसहित सुत्केरी महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयवासीले गरेको प्रदर्शनपछि आज अत्तरिया क्षेत्र तनावग्रस्त रह्यो ।

मृतक पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र लापरबाही गर्ने चिकित्सक र स्टाफ नर्समाथि कारबाहीको माग गर्दै गरिएको प्रदर्शनका क्रममा मङ्गलवार पूर्वपश्चिम राजमार्गको अत्तरिया सडकखण्ड अवरुद्ध पार्ने प्रयास गरिएपछि प्रहरीले बल प्रयोग गरी सडक सञ्चालनमा ल्याएको थियो । 

यस क्रममा प्रहरी टोलीमाथि ढुङ्गामुढा प्रहार भएपछि स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गर्नुका साथै केही राउण्ड अश्रुग्याँस प्रहार गरी प्रदर्शनकारीलाई तितरबितर पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।

प्रसूति सेवाका लागि मालाखेती अस्पताल पुगेकी गोदावरी नगरपालिका–२ की २८ वर्षीया लक्ष्मी भट्टराईको नवजात शिशुसहित आइतबार मृत्यु भएको थियो । घटनालगत्तैबाट स्थानीयवासीले प्रदर्शन जारी राखेका छन् । मृतक लक्ष्मी र नवजात शिशुको शव आज दोस्रो दिनसम्म उठेको छैन । पीडित पक्ष, अस्पताल प्रशासन र गोदावरी नगरपालिकाबीच समस्या समाधानका लागि छलफल जारी रहेको छ ।

अस्पतालसँग यसअघि आइतबार पनि भएको छलफल पछि पनि आफ्ना माग पूरा नगरेकाले पीडित पक्षले शव उठाउन मानेको छैन । छलफलका क्रममा छानबिन समिति गठन गर्ने भए पनि समिति गठन गर्न पहल नभएको भन्दै पीडित पक्षले शव उठाउन नमानेको हो ।

प्रतिक्रिया दिनुहोस