७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमको पहिलो बालश्रम मुक्त वडा घोषणा

अ+ अ-

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ लाई सुदूरपश्चिम प्रदेशको पहिलो बालश्रम मुक्त वडा घोषणा गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका ७ सय ३४ वडा मध्य दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ लाई पहिलो वडाको रुपमा बुधबार एक कार्यक्रमको बीच बालश्रम मुक्त वडा घोषणा गरेको हो ।

बालश्रम मुक्त वडा घोषणा कार्यक्रम लाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले सुदूरपश्चिम प्रदेशको लागि नमुना कामको सुरुवात भएको बताएका छन् ।

उनले भने ‘बालबालिकालाई कसैले पनि घर पसलमा काम गराएर बन्दी जीवन बिताउन बाध्य गराउन हुँदैन ।’ बालश्रम मुक्त अभियानले बालबालिकाले मुक्ति पाउने भएकाले यस अभियानलाई जिल्लाका अन्य पालिकाहरूले पनि अघि बढाउनु पर्ने समेत बताए ।

नगरपालिकालाई बालश्रम मुक्त पालिका घोषणा गर्न वडाबाट अभियानको सुरुवात गरेको दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सिं खड्काले बताए । उनले भने ‘बालबालिकाहरूलाई पढ्ने लेख्ने वातावरणको सृजना गर्न अभिभावकका लागि नगरपालिकाले आय आर्जनका क्रियाकलाप सञ्चालन गर्ने सोच बनाएको छ ।’ बालश्रम मुक्त वडा घोषणा अभियानलाई सबै वडाहरूमा कार्यान्वयन गर्ने समेत नगरप्रमुख खड्काले बताए ।

सामाजिक परिवर्तनको क्षेत्र भौतिक विकासको जस्तो नभएको दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख कलावती साउँदले बताइन् । बालश्रम सामाजिक अपराध भएकोले कसैले पनि बालश्रम लगाउन नमिल्ने डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । उनले भनिन् ‘बालश्रम कसैले पनि लगाउन मिल्दैन, यदि कसैले लगाएको भेटिए कानुन बमोजिम कारबाही हुन्छ ।’

बालश्रमलाई अन्त्य गर्न सबैको साझा पहल आवश्यक रहेको समेत प्रजिअ श्रेष्ठले बताइन् । दिपायल सिलगढी नगरपालिकालाई सन २०८० सम्म बालश्रम पालिका घोषणा गर्ने लक्ष्य रहेको सामाजिक विकास अधिकृत रमेश चन्द्र जोशीले बताए । उनले भने ‘नेपाल सरकारको राष्ट्रिय लक्ष्य अनुरूप २०८२ सम्म नेपाललाई बालश्रम मुक्त देश घोषणा गर्ने रहेको छ, सोही अनुरूप हामीले आगामी आर्थिक वर्षभित्र पालिकालाई बालश्रममुक्त पालिका घोषणा गर्छौं ।’

वडा नं. ५ मा रहेका ६ जना श्रमिक बालबालिकाहरूलाई नगरपालिकाले खर्च व्यहोर्ने गरी आवासीय विद्यालयमा भर्ना गराएको छ । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले बालश्रममुक्त वडा घोषणा कार्यलाई दिगो व्यवस्थापन गरी निरन्तरता दिन आवश्यक रहेको बताएका थिए ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष गणेश भण्डारीको अध्यक्षतामा भएको बालश्रम मुक्त वडा घोषणा कार्यक्रममा जिल्लाका सरोकारवाला निकाय, जनप्रतिनिधि, नागरिक समाज, पत्रकार, स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय कला समेत प्रस्तुत गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस