काठमाडौँ । बिहीबार २ बजेदेखि पुनः नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचन हुने भएको छ ।
महासङ्घका अनुसार निर्वाचन प्रज्ञा प्रतिष्ठानमै हुने छ ।
यसअघि बुधबार सम्पन्न निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः निर्वाचन हुन लागेको हो ।