६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अझै भेटिएनन् सगरमाथामा हिमपहिरोमा बेपत्ता भएका तीनजना

अ+ अ-

काठमाडौँ । सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्‍याउने क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीनजनाको खोजी तथा उद्धार कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ ।

विभागका महानिर्देशक होमप्रसाद लुइटेलका अनुसार हेलिकप्टर र स्थलगत मार्गबाट बेपत्ताको तीव्र रूपमा खोजतलास तथा उद्धार कार्य भइरहेको छ ।

चालु वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्‍याउने क्रममा शनिबार सगरमाथाको आधार शिविरदेखि माथि क्याम्प-१ को बीचमा आइसफल क्षेत्रको दाम भन्ने स्थानमा हिउँको ढिस्कोले पुरिएर दाछिरी शेर्पा, पेम्वा तेन्जिङ शेर्पा र लाक्पा रीता शेर्पा बेपत्ता भएका छन् ।

खुम्बु पासाल्हामु गाउँपालिका-५ निवासी तीनैजना इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन प्रालिका तर्फबाट खटिएका थिए । स्थानीय प्रशासन, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार सङ्घ, इमाजिन एक्सिपिडिसन कम्पनी र पर्वतारोहण सञ्चालक सङ्घ नेपालसँगको सहकार्यमा खोजी तथा उद्धार भइरहेको विभागले ज्ञिप्तिमार्फत जनाएको छ ।

पर्यटन विभागका अनुसार अहिले वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो बनाउने काम भइरहेको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अनुसार अनुभवी आइसफल डाक्टर (हिमालमा बाटो बनाउने मानिस)ले सगरमाथाको दोस्रो शिविर (क्याम्प-टू)सम्मको बाटो बनाइसकेका छन् ।

सगरमाथाको दोस्रो शिविरभन्दा माथिल्लो भागमा रोप फिक्सिङको जिम्मा इमाजिन ट्रेक नेपालले पाएको छ । विभागका अनुसार हालसम्म सगरमाथा आरोहणका लागि २० आरोही समूहका ३१ महिला र १६६ पुरुष गरी कूल १९७ आरोहीले आरोहण अनुमति लिएका छन् । आरोही धमाधम आइरहेकाले यो वर्षको वसन्त आरोहण उत्साहजनक हुने अनुमान गरिएको विभागका निर्देशक लुइँटेलले बताए ।

प्रतिक्रिया दिनुहोस