८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ

अ+ अ-

चितवन । चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो ।

जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिए । भरतपुर महानगरपालिका–२९ चौकी डाँडाबाट प्याराग्लाइडिङ उडान थालिएको हो । यहाँ जङ्गल सफारीका लागि अत्यधिक पर्यटक आउने गरेका छन् । समुद्री सतहबाट एक हजार दुई सय मिटर अग्लो स्थानबाट उडान गर्न लागिएको हो । विगत तीन वर्षदेखिको अध्ययन अहिले आएर पूरा भएको उनले बताए । प्याराग्लाइडिङमा एक सय २० किलो तौलभन्दा कम तौल भएकालाई मात्र उडान भर्न सकिने उनले जानकारी दिए ।

चितवनको चौकी डाँडाबाट प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गर्ने गरी प्याराग्लाइडिङको उडान सुरु गरिएको हो । कम्पनीका सञ्चालक सालिक दबाडीले पर्यटकका लागि नयाँ गन्तव्यको खोजी गर्ने क्रममा प्याराग्लाइडिङ सुरु गरिएको बताए । यस क्षेत्रमा निकट भविष्यमा रोप साइक्लिङ, बन्जी जम्पजस्ता गतिविधि गर्ने योजना रहेको उनले बताए। उनले भने, ‘चौकीडाडाँमा चौकीडाँडा रिसोर्टसमेत निर्माण गरेर यहाँको पर्यटन प्रवर्द्धनमा काम गर्ने योजना छ ।’ विसं २०८० को सुरुआतसँगै उडान सुरु गरिएको बताउँदै उनले चितवनको पर्यटन विकासमा टेवा पुग्ने बताए । यस क्षेत्रबाट उडान गर्दा २० देखि ३० मिनेटको समय लाग्ने उनले बताए । कम्पनीले उडानका लागि कविलास डाँडाबाट समेत अनुमति पाएको छ ।

प्याराग्लाइडिङ उडानका लागि लाग्ने रु आठ हजार तोकिएकामा अहिले २५ प्रतिशत छुट दिएर रु छ हजार शुल्क लिइएको दबाडीले बताए । हाल नौ वटा प्याराग्लाइडिङ उडानका लागि ल्याइएका छन् । दैनिक ४५ जनासम्मलाई उडान गर्न सकिने गरी तयारी गरिएको दबाडीले जानकारी दिए ।

नेपाल प्याराग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र राउतले विसं २०१५ मा विदेशीले यहाँ उडान भरेको बताए । पोखरा र यहाँमा छुट्टै विशेषता रहेको उनको भनाइ छ । पोखरामा ताल माथि उड्ने, हिमाल देखिनेलगायतका कारण छुट्टै रमाइलो रहेको बताउँदै उनले यहाँको नागबेली परेको सडक र त्रिशूली नदीमाथिको उडानले अझै महत्त्वपूर्ण रहेको बताए । उनले भने, ‘वाटर स्पोर्ट र एयर स्पोटलाई जोडिने ठाउँ रहेको छ ।’चितवन हिँड्ने पर्यटकलाई एक दिनको प्याकेज रूपमा दिन सकिने बताए। यो प्याराग्लाइडिङका लागि उत्कृष्ट गन्तव्यका रूपमा रहेको उनले बताए ।

प्याराग्लाइडिङका चालक सञ्जय गौतमले यहाँ उडानका लागि उपयुक्त हावा र स्थान रहेको बताए । विगत सात वर्षदेखि अनुभव सँगालेका चालकबाट उडान गरिने प्याराग्लाइडिङबाट डाँडाकाँडादेखि खोलानालाको सुन्दर दृश्य हेर्न सकिने भएकाले यहाँ उडानका लागि राम्रो रहेको उनले बताए ।

नारायणगढ–मुग्लिन सडक खण्डको भोर्लेबाट नौ किलोमिटर उत्तर र जुगेडीबाट पाँच किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जिल्ला आउने पर्यटकका लागि फरक अनुभव लिने गरी भरतपुरमा प्याराग्लाइडिङ सुरु भएको बताए ।

नेपाल आउने पर्यटकका लागि सबै खालका पर्यटक रमाउन सक्ने गरी भरतपुरमा पर्यटन प्रवर्द्धनको काम भइरहेको उनको भनाइ छ । सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउन गइरहेको भन्दै उनले साहसी पर्यटनका लागि प्याराग्लाइडिङ उपयुक्त हुने बताए। उनले भने, ‘पर्यटकको बसाइ लम्ब्याउनका लागि यो प्याराग्लाइडिङ उपयोगी हुन्छ ।’ पर्यटनका हिसाबले भरतपुर महानगर देशको महत्त्वपूर्ण पालिकाको रूपमा विकास हुँदै गएको उनले बताए । भरतपुर महानगरपालिकामा सफारीका लागि आउने पर्यटकदेखि धार्मिक हुँदै साहसिक पर्यटकका लागि समेत यो नयाँ गन्तव्य बन्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस