गोल बजार । सिराहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।
गोल बजार नगरपालिका-१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोल बजार नगरपालिका-३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आले मगरको ज्यान गएको हो ।
नाच हेरेर फर्किने क्रममा गोल बजार नगरपालिका-१ गुलरियामा एक्कासी हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेको वडा नं. ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए ।
घटना लगत्तै पुगेको प्रहरी टोलीले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोल बजारका प्रमुख प्रहरी निरीक्षक डुपेन्द्रप्रसाद बुढाथोकीले जानकारी दिए । शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहान लगिएको छ ।