७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलम्चीमा भलिबल प्रतियोगिता हुने

अ+ अ-

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५ गतेबाट हुने प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । आज मेलम्चीमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिका सदस्य सागर श्रेष्ठले जानकारी दिए ।

मेलम्ची पुनः निर्माण तथा संरक्षण समिति र मेलम्ची युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु दुई लाख, एक लाख र ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

व्यक्तिगत लगानीमा सर्वाधिक धनराशिको पुरस्कारसहित खेलाडीलाई खाना र बासको समेत व्यवस्थासहित हुन लागेको यो प्रतियोगिता जिल्लाकै पहिलो भएको आयोजक श्रेष्ठले दाबी गरे ।

सिन्धुपाल्चोकको मेलम्चीमा जन्मिएका श्रेष्ठ हाल अमेरिका छन् । यस वर्ष भलिबलबाट सुरु हुने यस प्रतियोगिता आगामी वर्षहरूमा निरन्तरता दिने राम श्रेष्ठले प्रतिबद्धता जनाएको आयोजक समितिका श्रेष्ठले जानकारी दिए ।

कोरोना, हेलम्बु मेलम्ची बाढीमा राहत तथा उद्धार तथा मेलम्ची पुनः निर्माणमा सहयोग गर्दै आएका श्रेष्ठले खेल क्षेत्रका माध्यमबाट मेलम्ची बन्दै छ भन्ने सन्देश प्रवाहका लागि सहयोग पुग्ने आयोजकले विश्वास व्यक्त गरेको छ ।

पत्रकार सम्मेलनमा समाजसेवी प्रकाश सापकोटाले खेलको माध्यमबाट मेलम्चीमा पर्यटक भित्र्याउन तथा पर्यटन प्रवर्द्धनका लागि भलिबलको आयोजना गर्न लागिएको बताए ।

उनले यसले गर्दा जिल्लाका खेलाडीमा हौसला मिल्नुका साथै मेलम्चीको प्रचारमा टेवा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस