काठमाडौँ । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डा. उमेश चौरसियाले राजीनामा दिएका छन् ।
उनले उपकुलपति तथा त्रिभुवन विश्व विद्यालय कार्यकारी परिषद् अध्यक्षलाई इमेलमार्फत राजीनामा पत्र बुझाएका हुन् ।
स्वास्थ्य अवस्थाले साथ नदिएकोले राजीनामा दिएको उनको भनाई छ । डा. चौरसिया ०७७ चैत ४ गते ठाकुररामको क्याम्पस प्रमुखमा नियुक्त भएका थिए ।