७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक सुधारमा अर्को आयाम, सिष्टम अडिटदेखि कार्यकक्ष नै परिवर्तनसम्म

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका कमजोरीहरू सुधारको क्रम जारी छ । भिड देखाएर असुल्न पल्केका बदमास कर्मचारीदेखि तिनै भिडको बिचबाट सर्वसाधारणलाई लुट्न पल्केका ‘बिचौलिया’हरूको धन्दामा डन्डा लगाएसँगै सेवा प्रवाहलाई थप चुस्त र पारदर्शी बनाउन सिष्टम अडिटदेखि कर्मचारीको कार्यकक्ष नै परिवर्तन गरिएको छ । 

सदियौँदेखि जकडिएको ‘लुट’को जालो भत्काउँदै आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रालयबाटै ‘सिष्टम अडिट’ शुरु गरेको छ । देशभरका कार्यालयहरूबाट सम्पादन हुने कामहरू अनुगमन गर्न सिष्टम जडान गरिएको मन्त्रालयको भनाई छ । यसले कुन कार्यालयले कुन काम कति अवधिदेखि अड्काएको छ भन्नेसम्म हेर्न सकिने छ भने बिनाकारण अड्काएको भेटिए त्यस्ता कर्मचारीलाई तत्काल कारबाहीसम्म गर्न सकिने छ । 

ताहाचलस्थित कार्यालयमा एकाबिहानैदेखि सोल्टी मोडसम्मको लाइन हटाउने मात्र होइन, सेवा नै अनलाइन बनाएको मन्त्रालयले त्यसपछिसमेत पनि छिटफुटरुपमा आइरहेको गुनासोलाई निमिट्यान्नै पार्न सिष्टम अडिट लागू गरेको हो । 

यससँगै छुट्टाछुट्टै रूपमा रहेका कार्यालयका कोठाहरुलाईसमेत एकीकृत गर्दै एउटै हलबाट कार्य सम्पादन गर्न शुरु गरिएको छ । कार्यालय प्रमुखदेखि सबै कर्मचारीहरू एउटै हलमा राखिएका डेस्कहरूबाट सेवा प्रवाह गर्नेछन् । यसले थप पारदर्शिता दर्शाउनुकासाथै काममा सहजता आउने कार्यालय प्रमुख पार्वती अर्यालको भनाई छ । ‘समस्यासँग डराउने होइन, जुध्दै अघि बढ्ने हो’, केही समय अघि मात्रै जिम्मेवारी सम्हाल्दै आएकी अर्याल भन्छिन् ‘सबै भागेर त कसरी समस्याको समाधान हुन्छ, मन्त्रालयको स्पष्ट निर्देशन र कर्मचारी साथीहरूको साथले पूर्ण रूपमा सुधार्न सकिन्छ भन्ने मलाई विश्वास छ ।’ 

पछिल्ला केही वर्षयता मन्त्रालय अन्तर्गतका सबैभन्दा बढी आलोचित र विवादित अड्डाका रूपमा परिचित वैदेशिक रोजगार विभाग र ताहाचलस्थित कार्यालयले पहिचान बदल्दै आएका छन् । अनेकथरी बिचौलियाहरूको अखडाले धमिलो बन्दै आएको सेवामा गरिएको सुधार प्रयासले त्यसैमा माछा मान पल्केका केही व्यवसायी र सीमित कर्मचारीहरू पनि आखापाखा लागेको अवस्था छ । 

हजारौँ नागरिकहरूले दैनिक भोग्दै आएको सास्तीलाई नजरअन्दाज गरेर बस्न नसकिएको र भएकै कानुनहरूको इमानदारीपूर्ण कार्यान्वयनले यो अवस्थासम्म आई पुगेको मन्त्रालयका सचिव एकनारायण अर्याल बताउँछन् । ‘जहाँ गयो विकृति छ भन्ने मात्रै सुनिने, अनि हेर्न गयो त्यही जात्रा र भिडभाड मात्रै देखिने’ सचिव अर्यालले भने, ‘यसमा त सुधार गर्नैपर्छ भनेर कर्मचारी साथीहरू तम्सियौँ र राजनीतिक नेतृत्वले पनि सुधारमा सहयोग गरे र सघाएकोले यतिसम्म गर्न सकिएको हो ।’

दशकौँदेखि जकडिएका जन्जालहरू एकैचोटी तोड्न सम्भव नभएका अनुभव सुनाउँदै कर्मचारी नेतृत्वबाट मात्रै इमान्दार प्रयास रहने हो भने धेरै हदसम्म सुधार सम्भव भएको सचिव अर्यालको भनाई छ । 

अर्यालले श्रम मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हालेसँगै वैदेशिक रोजगारीको क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्त्वका नीति निर्माण र त्यसको कार्यान्वयनमा उल्लेख्य सुधार भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेसमेत वैदेशिक रोजगार व्यवस्थित जानुका साथै श्रमिकको अधिकार सुरक्षित गर्न महत्त्वपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएको र नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झटमुक्त बनाउने अभियान सुरु भएको बताएका थिए ।

नयाँ वर्ष-२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भनेका थिए ‘मेरा केही ठोस सङ्कल्प छन्, वैदेशिक रोजगार व्यवस्थित हुँदै गएको छ, श्रमिकको अधिकार सुरक्षित गर्न महत्त्वपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएका छन्,  नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झटमुक्त बनाउने अभियान सुरु भएको छ ।’

प्रतिक्रिया दिनुहोस