काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको कोषाध्यक्षमा निरक केसी निर्वाचित भएका छन् ।
प्रतिस्पर्धी उद्योगी प्रवलजंग पाण्डेलाई ९ मतले पराजित गर्दै केसी निर्वाचित भएका हुन् ।
महासङ्घ निर्वाचन समितिका अनुसार ६७ जना मतदाताले मत हालेकामा केसीको पक्षमा ३८ र पाण्डेको पक्षमा २९ मत खसेको थियो ।
केसीलाई अध्यक्ष चन्द्रप्रसाद ढकाल र पाण्डेलाई वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समर्थन थियो।
केसी चैत २९ गते भएको महासङ्घको निर्वाचनमा बराबरी मतका कारण आधा कार्यकालका लागि मात्र निर्वाचित भएका हुन्।