१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप सुरु

अ+ अ-

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका र जन्तेढुङ्गा खेलकुद विकास समितिद्वारा संयुक्तरूपमा आयोजित ‘प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिता सुरु भएको छ । फुटबल खेलको विकास गर्दै व्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित जिल्लाकै सर्वाधिक राशिको सो प्रतियोगिता यही वैशाख ९ गतेसम्म जारी रहने छ ।

गाउँपालिकाको केन्द्र चिसापानीस्थित खर्क खेलमैदानमा आयोजित प्रतियोगिताको पहिलो खेलमा जन्तेढुङ्गा फुटबल क्लबले विजयी यात्रा सुरुआत गरेको छ । उसले त्रियुगा स्पोर्टस क्लब गाईघाटलाई ३-१ गोलअन्तरले हराउँदै विजयी यात्रा सुरु गरेको हो ।

पहिलो खेलमा जन्तेढुङ्गा फुटबल क्लबका ११ नं जर्सीका खेलाडी अब्दुल्हा म्यान अफ दि म्याच घोषित भएका छन् । अब्दुल्हाले नगद रु पाँच हजारका साथमा पदक र प्रमाणपत्र प्राप्त गरेको जन्तेढुङ्गा खेलकुद विकास समितिका सचिव अमित राईले जानकारी दिएका छन् ।

प्रतियोगिताको दोस्रो खेल आज दिउँसो २:३० बजे बसाहा फुटबल क्लब र हलेसी तुवाचुङ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताको तेस्रो खेल बुधबार दिउँसो २:३० बजे भोजपुर फुटबल सङ्घ र बेल्टार एकता क्लबबीच तथा चौथो खेल गोल बजार स्पोर्टस क्लब र भगवती स्पोर्टस् क्लबबीच बिहीबार २:३० बजे सञ्चालन हुने आयोजकले सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ ।

विभिन्न आठ समूहका खेलाडी सहभागितामा प्रथम पुरस्कार राशि नगद रु दुई लाख ५५ हजार पाँच सयको साथमा गोल्डकप, मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगिताको दोस्रो पुरस्कार नगद रु एक लाख ५५ हजार पाँच सय, ट्रफी, मेडल र प्रमाणपत्र रहेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

गोल्डकपमा सेमिफाइनल दुई टोलीले नगद रु ५०-५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक जन्तेढुङ्गा खेलकुद विकास समितिका अध्यक्ष सुमन राईले जानकारी दिएका छन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेण्डरलाई नगद रु १०-१० हजार तथा म्यान अफ दि म्याचलाई नगद रु पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

गोल्डकप सञ्चालन गर्न रु ३० लाख बढी खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । गोल्डकपमा सहभागी खेलाडीका लागि खाना, बास तथा आवतजावतको व्यवस्था गरिएको जनाइएको छ ।

गोल्डकपले गाउँपालिकाको पहिचान, सम्मान र गरिमा अभिवृद्धिका लागि समेत सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । फुटबल खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्न पालिकास्तरीय खेलकुद विकास समिति दर्ता गर्ने प्रक्रिया पनि अगाडि बढाइएको पत्रकार सम्मेलनमा जनाइएको छ ।

खेलकुदको माध्यमबाट खेलाडीसँगै सामूहिक भावनाको विकास तथा पालिकाकाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा प्रचार–प्रसारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । प्रतियोगिता गाउँपालिका प्रमुख अरुणादेवी राई, खोटेहाङ गाउँपालिका प्रमुख उदिमबहादुर राई र जन्तेढुङ्गा गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले संयुक्तरूपमा शुभारम्भ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस