८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई जिल्लाको खानेपानी विवादमा सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालत
अ+ अ-

गलेश्वर । खानेपानीको मूल प्रयोग गर्ने विषयमा दुई जिल्लाका बासिन्दाबीचको विवादमा सर्वोच्च अदालतले साविककै मूल प्रयोगकर्ताको पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।

म्याग्दीको बेनी नगरपालिका–१ रत्नचौर र बागलुङको बागलुङ नगरपालिका–४ उपल्ला चौरका बासिन्दामा पानीको मूल प्रयोगको विषयलाई लिएर दुई महिनाअघिदेखि विवाद उत्पन्न भएको थियो । विवादपछि म्याग्दीको रत्नेचौरवासीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

वर्षौँदेखि उपभोग गर्दै आएको स्थायी खानेपानीको मूल प्रयोगमा अवरोध नगर्न नेपाल सरकार तथा सम्बद्ध निकायको नाममा अन्तरिम आदेश जारी भएको हो । रत्नेचौरवासीले उपभोग गर्दै आएको बागलुङ नगरपालिका–५ स्थित कमेरेको मूलको पानी बागलुङ नगरपालिका–४ उपल्ला चौरको बजारमा लैजान लागिएकामा बागलुङ नगरपालिकाको अगुवाइमा केही समूहले खानेपानीको मुहान भत्काएकाले त्यस विरुद्ध रत्नेचौरवासी सर्वोच्च अदालतमा पुगेका थिए ।

वषौँदेखि रत्नेचौरवासीले प्रयोग गदै आएको खानेपानीमा कुनै किसिमको अवरोध नगर्न, नयाँ संरचना नबनाउन र पानी सहज आपूर्तिको वातावरण बनाउन कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीश नहकुल सुवेदीको इजलासले प्रधानमन्त्रीको कार्यालय, खानेपानी तथा ढल निकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालय, बागलुङ जिल्ला प्रशासन कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेको अधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले जानकारी दिए ।

रत्नेचौरवासीका तर्फबाट अधिवक्ता चिरञ्जीवी शर्मा र बागलुङ नगरपालिकाको तर्फबाट अधिवक्ता चन्द्रप्रसाद गुरागाईँ र बुद्धिलाल श्रेष्ठले बहस गरेका थिए ।

नेपालको संविधानमा खानेपानी सबै नेपालीको अधिकार भएकाले प्रयोग गरिरहेकालाई वञ्चित हुन नदिन र अन्य स्रोत खोजी गर्न मागसहित दायर रिटमा नेपाल सरकार र मातहतका निकायको नाममा कारण देखाऊ आदेश सहित अन्तरिम आदेश जारी भएको अधिवक्ता शर्माले बताए ।

‘बागलुङवासीलाई पनि खानेपानीको पहुँचबाट वञ्चित गर्नुहुँदैन, अन्य स्रोतको खोजी गरी रत्नेचौरवासीले प्रयोग गरिरहेको खाने पानीलाई अवरोध नगर्न आदेश भएको छ’ उनले भने । रत्न चौरका वडाध्यक्ष टेकबहादुर थापा, नेत्रबहादुर महत, दुर्गाबहादुर रावल, कृष्णबहादुर बोगटी र मनु रावलले सर्वोच्चमा खानेपानीको सहज आपूर्तिमा अवरोध नगर्न माग गदै सो रिट दायर गरेका थिए ।

विसं २०२३ देखि खनाराम थापा र उनका परिवारका सदस्यको लिखित अनुमतिमा उपभोग गदै आएको खानेपानी रत्नेचौरवासीको सहमतिबिना नै वडाका जनप्रतिनिधिको नेतृत्वमा ट्याङ्की र मुख्य पाइपलाइनमा क्षति पुर्‍याएपछि विवाद उत्कर्षमा पुगेको थियो ।

विसं २०२३ मा कुलो निर्माणमा कमेरे खानेपानी आयोजनाको संरचना बनाइ र कुलोबाट लगेको पानी उपभोग गर्दै आइएको थियो ।

विसं २०३६ मा खानेपानीका लागि पाइपको व्यवस्था गर्नाका साथै खानेपानीको मूल प्रयोग गरेबापत विसं २०५३ मा १२ हजार रत्नेचौरवासीले जग्गाधनी खनाराम थापालाई दिएका थिए ।

खानेपानीको मुहानमा यसअगाडि विसं २०६२ मा समेत विवाद भएको र सो विवादमा पनि विगतका सहमतिलाई नै आधार मानेर अगाडि बढ्ने निर्णय भएको थियो । कमेरे खानेपानी रत्न चौरका करिब चार सय घरधुरीले प्रयोग गदै आइरहेका थिए ।

रत्नेचौरवासीले आसपासमा प्रशस्तै मूल भए पनि आफूले प्रयोग गदैंँ आइरहेको मूललाई नै कब्जा गर्न खोजिएको बताइरहेका छन् भने बागलुङवासीले ४२ प्रतिशत बागलुङलाई र बाँकी ५८ प्रतिशत पानी रत्नेचौरवासीलाई हुने गरी सहमति गर्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस