१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोहोरो सुविधा कटौती गर्ने निर्णय अनुमोदित

अ+ अ-

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ३९ ओैँ प्राज्ञ सभाले प्रतिष्ठानका आजीवन सदस्यले दोहोरो सुविधा नपाउने गरी गत फागुन ११ गतेको प्रज्ञा परिषद्ले गरेको निर्णयलाई अनुमोदन गरेको छ ।

सभाले प्राज्ञहरूको कार्य विभाजन र विभाग गठन गर्नेसम्बन्धी परिषद्बाट भएका निर्णय पनि अनुमोदन गरेको छ ।

प्रतिष्ठानका संरक्षक एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको आतिथ्यतामा सोमबार भएको सभाले परिषद्का निर्णय अनुमोदन गरेको जनाइएको छ ।

प्रतिष्ठानमा नयाँ नेतृत्व आएपछि यो पहिलो सभा (बैठक) बसेको हो । प्रतिष्ठानका कुलपति भुपाल राईले सभाका निर्णय छिट्टै व्यवस्थित रूपमा सार्वजनिक हुने जनाउँदै आजीवन सदस्यको दोहोरो सुविधा रोक्ने विषयमा प्रतिष्ठानको निर्णय अनुमोदन भएको बताए । सर्वोच्च अदालतमा मुद्दा परेको सम्बन्धमा त्यहाँ प्रतिष्ठानले आफ्नो विषय स्पष्ट पार्ने उल्लेख गर्दै उनले भने, ‘हाम्रो निर्णय यथावत् छ । अदालतबाट कुनै फरक आदेश आएमा त्यसअनुसार गर्ने कुरा भई नै हाल्छ । अहिलेलाई परिषद्को निर्णय अनुमोदन हुने नै भयो ।’ उनले नेपालको सम्पूर्ण साहित्य, भाषा भाषी, संस्कृतिको प्राज्ञिक खोज–अनुसन्धान गर्दै नयाँ संस्कृति निर्माण गर्नुपर्नेमा जोड दिए ।

सर्वोच्च अदालतले प्रतिष्ठानविरुद्ध प्राडा वासुदेव त्रिपाठीसहित ११ आजीवन सदस्यले दिएको रिट निवेदनका सम्बन्धमा कुलपति, उपकुलपति, सदस्य सचिव र प्रज्ञा परिषद्का सदस्यलगायतलाई आजीवन सदस्यता वृत्ति रोकेका सम्बन्धमा परेको उजुरीमा अन्तरिम आदेश किन हुनुनपर्ने भनी आज छलफलका लागि बोलाएको छ ।

सरकारी सेवा वा निकायको तलब÷सुविधा वा निवृत्तिभरण पाउने आजीवन सदस्यलाई प्रतिष्ठानले भत्ता रोक्ने निर्णय गरेको हो भने त्यस्ता आजीवन प्राज्ञ सदस्यले आफूहरूको प्राज्ञिक योगदानका आधारमा दिइएको सम्मान वृत्ति पाएकाले त्यसलाई दोहोरो सुविधा वा पारिश्रमिक भन्न नमिल्ने तर्क गर्दै आएका छन् ।

प्रतिष्ठानका आजीवन सदस्य प्राडा त्रिपाठी, प्राडा चूडामणि बन्धु रेग्मी, गङ्गाप्रसाद उप्रेती, प्राडा योगेन्द्रप्रसाद यादव, तीर्थबहादुर श्रेष्ठ, आरडी ‘प्रभास’ चटौत (राजेश्वरीदत्त चटौत), अशेष कुमार मल्ल, डा.धुवचन्द्र गौतम, तोया गुरुङ, तुलसीप्रसाद जोशी (तुलसी दिवस) र शशीविक्रम शाहका तर्फबाट आकाश ढकालले गत चैत १२ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

आजीवन सदस्यताका सम्बन्धमा प्रतिष्ठानविरुद्ध घनेन्द्र ओझाले दिएको रिट निवेदनको मुद्दा पनि विचाराधीन रहेको छ । सभामा मन्त्री किरातीले नेपाली समाज इतिहास र संस्कृतिको पुनर्लेखन गर्दै समाजवादी संस्कृतिलाई अङ्गीकार गर्नुपर्नेमा जोड दिएका थिए भने भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुर, राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँल, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छाली, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मालगायतले सांस्कृतिक क्षेत्रको विकासमा र सहकार्यका लागि आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस