८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढोरपाटनमा निःशुल्क स्वास्थ्य शिविर

अ+ अ-

ढोरपाटन । ढोरपाटनमा सञ्चालन गरिएको निः शुल्क स्वास्थ्य शिविरबाट यहाँका चार सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् ।

ढोरपाटन नगरपालिका वडा नं ९ का नागरिकलाई लक्षित गरी वडाको आयोजना र दुर्गम स्वास्थ्य सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।

ढोरपाटन–९ का अध्यक्ष खिमबहादुर घर्ती मगरले नागरिकको सहज स्वास्थ्य सेवाका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको बताए । एक दिने स्वास्थ्य शिविरमा दीर्घ रोगीदेखि विभिन्न किसिमका रोगको उपचार गरिएको थियो । उनले पहिलो पटक सञ्चालन गरिएको स्वास्थ्य शिविरमा सबै प्रकारको रोगीलाई लक्षित गरी सेवा उपलब्ध गराइएको बताए ।

शिविरमा मुटु रोग, तन्द रोग, स्त्री रोग लगायतका रोगको परीक्षण र उपचार गरिएको अध्यक्ष घर्ती मगरको भनाइ छ । ‘यस पटक वडा कार्यालयको अगुवाइमा विदेशी डाक्टरसहितको टोलीले सेवा प्रदान भएको छ’, उनले भने । शिविरमा डाक्टर अमृत पोखरेल, डाक्टर सरम शिखा भट्टराईलगायत, अमेरिका र बेलायतबाट आएका डाक्टरको टोलीले सेवा दिएको थियो ।

शिविरमा स्थानीय चन्द्रसिंह गुमाइँले पनि दाँतको उपचार गराए । ‘दाँत किराले खाएर समस्या भएको थियो, हालसम्म घरेलु उपचार गराउँदै आएको थिए’, उनले भने, ‘हिजो ढोरपाटनमै विशेषज्ञ चिकित्सकबाट सेवा लिन पाउँदा खुसी छु ।’

गुमाइ जस्तै स्थानीय प्रियासी पुन मगरले पनि शिविरबाट सेवा लिए । लामो समयदेखि ढाड दुख्ने समस्याबाट ग्रसित उनले शिविरमा स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि प्राप्त गरे । ‘यस्तो विकट ठाउँमा वडा कार्यालयले स्वास्थ्य शिविर राख्यो, हामी जस्ता दुर्गमका मान्छेले राम्रो सेवा पायौँ, यस्तो सेवा बेला–बेलामा ल्याउन सके, यहाँका धेरै मान्छेको अकालमा ज्यान जाने थिएन’, पुन मगरले भने, ‘यहाँ त अहिले पनि अस्पतालमा गएर उपचार गराउने चलन निकै कम छ ।’

प्रतिक्रिया दिनुहोस