काठमाडौँ । सरकारले मिटरब्याज पीडित र प्रहरीबीच भएको झडपबारे अध्ययन गर्न अध्ययन समिति गठन गरेको छ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र मन्त्रालयको एक-एक जना प्रतिनिधि सहभागी छन्।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज भएको पत्रकार भेटघाटमा उक्त घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको निःशुल्क उपचार गर्ने जानकारी दिए।