काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदैछ ।
आज मुलपानी मैदान र टियु मैदानमा समान १/१ खेल आयोजना हुदैछ । मुलपानी मैदानमा हुने खेलमा समूह ए का ओमान र कतारबीच खेल हुदैछ ।
टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा समूह बी का युएई र कुवेतबीच खेल हुदैछ । मंगलबार भएको समूह बी को पहिलो खेलमा हङकङले जित हात पारेको थियो ।
दुवै खेल बिहान ९ बजे सुरु हुनेछ । फाइनल बाहेकका हरेक दिन दुवै मैदानमा समान १/१ खेल हुनेछ । वैशाख १८ गते सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल सञ्चालन हुनेछ ।
कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । यस प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।