काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह विरुद्धको रिटमा बुधवार सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ तोकिए पनि बेन्च बस्न नभ्याएको सर्वोच्च अदालतले जनाएको छ ।
सिंहदरवारको फोहोर नउठाउने बालेन्द्रको निर्णयविरुद्ध रिटमा अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरपालिका, मेयर शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पनि विपक्षी बनाएका छन् ।