१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीको घतानमा भेटियो दुर्लभ ‘किङ कोब्रा’

अ+ अ-

म्याग्दी । बेनी नगरपालिका-९ घतानको एक घरमा दुर्लभ मानिएको ‘किंग कोब्रा’ अर्थात् राज नाग भेटिएको छ।

बुधबार (हिजो) साँझ घतानका टेकबहादुर खड्काको घरमा पिंडीमा अचानक राजजाग (किङ कोब्रा) देखिए पछि हेर्नेहरूको भीड लागेको बेनी नगरपालिका- ९ घतानका वडाअध्यक्ष चक्र बहादुर केसीले बताए।

विगत ९ वर्षदेखि पक्षी तथा जङ्गली प्राणीहरूको खोज अनुसन्धानमा लागेका त्रिभुवन विश्वविद्यालयमा एमएससी(प्राणीशास्त्र उत्तीर्ण)केशव चोखालले मङ्गलवार खड्काको घरमा भेटिएको नाग दुर्लभ ‘किंग कोब्रा’ अर्थात् राज नाग नै भएको पुष्टि गरेका छन्।

चोखालका अनुसार २०७६ जेठमा पनि घतानकै कोशेपानीको जंगलमा किङ कोब्रा फेला परेको थियो।

नेपालका लागि अत्यन्त दुर्लभ मानिएको सो सर्प पछिल्लो समय नेपालको मध्य पहाडी क्षेत्रहरूमा फाट्टफुट्ट देखिन थालेको प्राणी शास्त्रका अध्यता चोखालले बताए। चोखालका अनुसार यसको संरक्षणका लागि सरकार र समुदाय दुवै लाग्न आवश्यक छ।

नेपालीमा राजनाग,कालिनाग भनिने यो सर्पको वैज्ञानिक नाम ओपिओपगुस हन्नह (Ophiophagus Hannah) हो। यो विशेष गरेर तराई क्षेत्र वा संरक्षित क्षेत्रमा पाइने सर्प भएपनि पछिल्लो समय जलवायु परिवर्तनका कारण मध्य पहाडी क्षेत्रमा बसाइ सरेको हुनसक्ने चोखालको अनुमान छ। यो अत्यन्त विषालु प्रजातिको सर्प भए पनि नेपालमा भने यसको टोकेको जानकारी भने नरहेको चोखालले बताए।

यो सर्पलाई नचलाउने,नजिस्काउने र यसको नजिकमा नजाने हो भने यसबाट बच्न सकिने चोखालको भनाइ रहेको छ।

म्याग्दीमा २०७६ सालमा भेटिएको सो नाग ‘किंग कोब्रा’ अर्थात् राज नाग नै भएको किंग कोब्राका विशेषज्ञ एवम् हिमालयन नेचरका अनुसन्धान अधिकृत जीवन थापाले पुष्टि गरेका थिए।

अहिले पनि सोही नाग पुनः खड्काको घरमा भेटिएको प्राणी शास्त्रका जानकार चोखालले बताए। चोखालका अनुसार नेपालमा पाइने ८२ प्रजातिका सर्पहरूमध्ये किंग कोब्राको संख्या अत्यन्त न्यून रहेको छ। यो सर्प नेपालको मात्रै नभएर विश्वकै सबैभन्दा ठूलो विषालु सर्प हो। यो सर्प दक्षिण एशिया र दक्षिण पूर्वी एसियाका १६ वटा देशमा मात्रै पाइन्छ।

विश्वका १६ वटा देशमा पाइने भए पनि थाइल्याण्डको जङ्गली क्षेत्रमा बाहेक अरू ठाउँमा यो अत्यन्त दुर्लभ प्रजातिमा रहेको उनले जानकारी दिए।

चोखालका अनुसार यसले आहाराको रूपमा अरू सर्पलाई नै खाने गर्दछ। कहिलेकाहीँ आफ्नै प्रजातिका सर्पलाई पनि खाने गरेको अनुसन्धानबाट भेटिएको उनको भनाइ छ। चोखालले दिएको जानकारी अनुसार यसलाई आइयूटिएन(विश्व संरक्षण सङ्घ)को रातो सूचिमा अति संवेदनशील भनेर सूचिकृत गरिएको छ। त्यसैगरी नेपालको कानुनले पनि संरक्षित वन्यजन्तुको सुचीमा राखेको छ। उनका अनुसार यो सर्प विश्वव्यापी नै अति कमलाई मात्र जानकारी भएको सर्प हो।

प्रतिक्रिया दिनुहोस