काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकासमा क्रान्ति आउने बताएका छन् । लोकतान्त्रिक–वाम गठबन्धनले आज कालिका नगरपालिकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले जिल्लामा सुरु भएका ठुला विकास आयोजना सम्पन्न भएसँगै विकासमा क्रान्ति आउने बताएका हुन् ।
काठमाडौँ–चितवन द्रुतमार्ग, शक्तिखोर औद्योगिक क्षेत्र, रङ्गशाला, विमानस्थल विस्तार, नारायणी तटबन्धजस्ता ठुला आयोजना सम्पन्न भएपछि चितवनको विकासमा क्रान्ति आउने उनले बताए ।
अघिल्लो बजेट भाषणमा काठमाडौँबाट चितवन एकदेखि डेढ घण्टाभित्र आउने गरी द्रुतमार्ग निर्माणका लागि प्रक्रिया अघि बढेको भन्दै प्रधानमन्त्री दाहालले त्यसलाई सम्पन्न गर्ने कुराले चितवनको सम्पूर्ण विकासमा सम्पूर्ण क्रान्ति आउने विश्वास व्यक्त गरे ।
अघिल्लो निर्वाचनमा आफू चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएपछि त्यस क्षेत्रमा विकास निर्माणमा के–के सहयोग गरेँ भन्ने कुरा सबैले देखेको भन्दै उनले भरतपुर महानगरपालिका विकाशमा ठूलो फड्को मारेका बताए ।