काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै डलरको खरिद दर १३१ रुपैयाँ १४ पैसा र बिक्री दर १३१ रुपैयाँ ७४ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ८९ पैसा र बिक्री दर १४४ रुपैयाँ ५५ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ १५ पैसा र बिक्री दर १६३ रुपैयाँ ९० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
