काठमाडौँ । गृह मन्त्रालयले उपनिर्वाचन हुने तीन वटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिएको छ ।
आज एक सूचना जारी गर्दै उपसचिव जितेन्द्र बस्नेतले उपनिर्वाचन हुने तीन वटा निर्वाचन क्षेत्रमा बिदा दिइएको जानकारी दिएका हुन् । वैशाख १० गते बारा क्षेत्र नं २, चितवन क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा गते उपनिर्वाचन हुँदैछ।
मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ।
