१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोदी इनर्जीले वैशाख १९ देखि आईपीओ बिक्री खुलाउने

अ+ अ-

काठमाडौँ । मोदी इनर्जी लिमिटेडले यही वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । कम्पनीले ५९ लाख ९५ हजार कित्ता सेयर बिक्री खुलाउन लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा गएकाहरूलाई आईपीओ बिक्री गरिसकेको छ । जारी पुँजी २ अर्ब ९० करोडको १५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्रीको योजना कम्पनीले बनाएको थियो ।

स्थानीय बासिन्दाका लागि छुट्याएर बिक्री नभएको २० लाख ९५ हजार ६१० कित्तासहित कूल ५९ लाख ९५ हजार ६१० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुलाउने भएको हो । आईपीओमा वैशाख १९ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने छ ।

उक्त अवधिसम्म मागअनुसार आवेदन नपरे जेठ २ गतेसम्म आवेदन खुल्ला रहने पनि कम्पनीले जानकारी दिएको छ । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । यसका साथै सीडीएस एन्ड क्लियरिङ लिमिटेडले तयार गरेको मेरो सेयर वेबसाइटबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस