१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योगमा विद्युत् कटौतीको समस्या १५ दिनभित्र सल्टिन्छ : प्राधिकरण

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले कोशी प्रदेशका सुनसरी, मोरङ, औद्योगिक कोरिडोरलगायतका क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या अल्पकालीन भएको दाबी गरेको छ ।

विना जानकारी उद्योगहरूको विद्युत् आपूर्ति कटौती गरिएको भन्दै उद्योगीहरू आन्दोलित भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार ऊर्जा क्षेत्रका पत्रकारहरूसँगको भेटमा यस्तो सबै समस्या १०-१५ दिनमा समाधान हुने भन्दै उद्योगीहरूलाई धैर्य गर्न आग्रह गरेका छन् ।

यस वर्ष हिउँ/पानी नपरेर सुख्खायाम लम्बिँदा नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाहरूको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको उनले बताए । धनुषाको ढल्केबर सबस्टेसनबाट थप विद्युत् पूर्वतर्फ पठाउन प्रसारण लाइनको क्षमताले नधानेको र सप्तरीको रुपनी सबस्टेसनको ब्रेकर चुँडिएकोका कारण उद्योगमा विद्युत् आपूर्ति प्रभावित बन्न पुगेको उनले बताए ।

कटैया-कुशहवा १३२ केभी प्रसारणलाइनमार्फत भारतको बिहारबाट आयात भइरहेको विद्युत् उताबाट कटौती हुँदा मागअनुसार आपूर्ति गर्न समेत समस्या भएको कार्यकारी निर्देशक घिसिङले दाबी गरे ।

घिसिङकाअनुसार ताप्लेजुङ, पाँचथर र इलाममा निर्माण भएका जलविद्युत आयोजनाहरूको जडित क्षमता करिब दुई सय मेगावाट भएता पनि हिउँ/पानी नपर्दा अहिले करिब ३० मेगावाट मात्र विद्युत् उत्पादन भएर काबेली करिडोर प्रसारण लाइनमार्फत प्रवाह भइरहेको छ । तर, एक-दुई दिनदेखि ती आयोजनाहरूबाट विद्युत् उत्पादन बढ्दै गएकोले उद्योगहरूलाई अहिले नियमित विद्युत् आपूर्ति भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए ।

अब १०/१५ दिनमा पूर्व मनसुन सुरु हुने अनुमान गरिएको, त्यसपछि भएसँगै खोलानालामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन वृद्धि हुनसक्ने उनले बताए ।

त्यसपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको विद्युत् जेठको पहिलो हप्ताबाट भारतर्फ निर्यात सुरु गर्नुपर्ने अवस्था आउने घिसिङको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस